जेसिजकपको उपाधी माउन्टलाई

Gandaki Ghumau

बेनी ः २२ औ जिल्ला स्तरीय अन्तर मा.वि. जेसिजकप फुटबल प्रतियोगिताको उपाधी बेनीको माउन्ट एभरेष्ट आवासीय माविले जितेको छ ।

म्याग्दी जेसिजको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनलमा बेनी सामुदायिक माविलाई चारका विरुद्ध पाँच गोल गर्दै माउन्टले उपाधी जितेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै पक्षबाट एक÷एक बराबरी गोल भएपछि खेलमा पेनाल्टी सुटआउट भएको थियो । बिजेता र उपबिजेताले ट्रफी, मेडल, प्रमाणत्र सहित नगद रु. ५२ हजार दुई सय ५२ र ३२ हजार दुई सय ३२ नगद पुरस्कार वितरण गरिएको थियो ।

Shreekrishna

न्यु वेष्ट पोइन्ट आवासीय माविलाई पेनाल्टी सुटआउटमा पाँचका विरुद्ध छ गोल गर्दै बेनी सामुदायिक र जनप्रिय मावि दरवाङलाई पराजित गर्दै माउन्ट एभरेष्ट फाइनलमा पुगेका थिए ।

Gunasthariya Shiksya

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानिया लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

विद्यालय तहका विद्यार्थीहरुबीच लोकप्रिय मानिएको जेसिजकपको यस वर्षको प्रतियोगितामा २० वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन एभरेष्ट ग्लोबल एजुकेसन÷भिसा सेन्टर रहेको छ ।

कोचमा माउन्टका टिपेन पुन, राइजिङ प्लेयर एन्जल थकाली, उत्कष्ट मिडपिल्डरमा वेष्ट पोइन्टको पवन खत्री, स्ट्राइकरमा मनोज मल्ल, उत्कृष्ट खेलाडीमा बेनी सामुदायिकका दिपेश गर्बुजा र गोलरक्षकमा सन्दीप क्षेत्री उत्कृष्टको उपाधी प्राप्त गर्नुभयो ।

उत्कृष्ट कोच टिपेन पुनले चौधौ र पन्ध्रौ जेसिजकपमा खेलाडीको रुपमा सहभागी भएर माउन्टलाई उपाधी दिलाएका थिए । पुन रघुगंगा गाउँपालिका ६ कोटगाउँका हुन् । खेलाडी र कोचको रुपमा आफ्नो टिमलाई जिताउने संयोजक टिपेनलाई मिलेको छ ।

अनुशाषित टिमको उपाधी पाएको न्यु वेष्ट पोइन्टका सुनिल थापाले प्रतियोगिता अवधिभर ११ गोल गर्नुभयो । मङसिर १७ गते बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको प्रतियोगिताको खेल १८ गतेदेखि शुरु भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...