म्याग्दीका कुबिर उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्बाचित

Gandaki Pardesh notice

बेनी । म्याग्दीका कुबिर कुमार श्रेष्ठ निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्बाचित हुनुभएको छ ।

खुल्ला तर्फ केन्द्रीय सदस्यमा उमेद्वारी दिनुभएका म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्रेष्ठले ५८ मत प्राप्त गरेर बिजयी हुनुभएको हो । शनिबार राति मतपरिणाम सार्वजनिक भएको थियो । यसैगरी महासंघको बरिष्ठ उपाध्यक्षमा बागलुङका चन्द्र ढकाल निर्वाचित हुनुभएको छ ।

Bhautik ministry notice about road


उद्योग वाणिज्य महासंघको बिधानमा बरिष्ठ उपाध्यक्ष आगामी कार्यसमितिको अध्यक्ष बन्ने उल्लेख छ । उद्योग वाणिज्य महासंघको प्रदेश सदस्य रहनुभएका श्रेष्ठ ढकालको प्यानलबाट उमेद्वार बन्नुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघको प्रस्ताबमा उमेद्वार बनेका श्रेष्ठलाई साबिक धौलागिरी (बागलुङ, पर्वत र मुस्ताङ) उद्योग वाणिज्य संघले सघाएका थिए ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...