धारापानीमा अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि स्थानीयको दबाव

Gandaki Pardesh notice

बेनी । धवलागिरी गाउँपालिका–७ धारापानीमा पालिका स्तरीय अस्पताल बनाउने तीन वर्षअघिको निर्णय कार्यान्वयनको माग गर्दै धारापानीका बासिन्दाहरुले दवावमुलक कार्यक्रम सुरु गरेका छन् ।

२०७४ साउन २५ गते गाउँपालिकाको केन्द्र कायम गर्न बसेको गाउँसभाले धारापानीमा १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै सरकारको सबै स्थानीय तहमा अस्पताल बनाउने योजना धारापानीमा हुनुपर्ने माग गर्दै स्थानीय संघ संस्था र अगुवाहरुले दबाव दिन थालेका हुन् ।

धारापानीमा अस्पताल बनाउने निर्णय कार्यान्वयनको माग गर्दै स्थानीय होमबहादुर थापा, रिमप्रकाश थापा, यामन रोका सहित आमा समूह र युवा क्लवका प्रतिनिधिले शुक्रबार गाउँपालिकाका अध्यक्ष थमसरा पुन र वडा अध्यक्ष कलानिधी सुबेदीलाई ज्ञापनपत्र बुझाएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पहिलो चरणमा ज्ञापनपत्र बुझाएर निर्णय कार्यान्वयनमा गाउँपालिकालाई ध्यानाकर्षण गराएको बताउदै धारापानीका अगुवाहरुले बेवास्ता गरेमा मंसिर १५ गते गर्ने भनिएको अस्पताल शिलन्यास कार्यक्रम बिथोल्ने लगायतका बिरोधका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वडा न. ७ ताकम स्थित स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने सूचि सार्वजनिक भएको छ । गाउँसभाको निर्णय र मन्त्रालयले छनौट गरेको अस्पताल बनाउने ठाउँ फरक परेपछि बिवाद देखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...