नेपाल लाईफका अभिकर्ताहरुको क्षमता अभिवृद्धि कार्यक्रम

khali

बेनी । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रम बेनीमा सम्पन्न भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बेनी शाखाको आयोजनामा भएको कार्यक्रममा कम्पनीका सेल्स हेड (बिक्री प्रमुख) उमापति पोखरेल, गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारी र नेपाल बिमा अभिकर्ता संघका केन्द्रिय सदस्य दामोदर सापकोटाले सहजिकरण गर्नुभएको थियो ।

khali

उहाँहरुले जिवन बिमा गर्दा क्षतिको हानी न्युनीकरणका साथै बचत र लगानीका रुपमा पनि आम नागरिकहरुलाई बुझाउनुपर्ने बताउनुभयो । बिमामा गरेको लगानी सुरक्षित हुने जानकारी गराउन र नागरिकलाई विषय बुझाएर बिमा गर्नुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा म्याग्दी र आसपासका ठाउँका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका ६० जना भन्दा बढी बिमा अभिकर्ताहरुको उपस्थितिमा कार्यक्रम गरिएको म्याग्दी शाखाका प्रमुख महेन्द्र गुरुङले बताउनुभयो ।

बिमा सम्बन्धी नीति, नियम, सुविधा र कम्पनीको योजनाका बारेमा अभिकर्ताहरुलाई जानकारी गराउने तथा उनिहरुको सुझाव, सल्लाह र प्रतिक्रिया बुझ्न आयोजना गरिएको कार्यक्रममा अभिकर्ता बालाजी केसीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...