सेवाग्राही लिन अनाएपछि प्रशासन कार्यालयमै थन्किए राष्ट्रिय परिचयपत्र

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २७ हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् ।

राष्ट्रिय परिचयपत्रको फाराम भरेका व्यक्ति विदेशिएकाहरु विदेशिएका र जिल्लाभित्र नभएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ । दुई चरणमा ३० हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र आएकोमा पछिल्लो एक वर्षयता तीन हजार तीन सय जनाले मात्र लगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले फारम भरेपछि विदेशिएका र जिल्ला बाहिर भएकाले राष्ट्रिय परिचयपत्र लिन नआएका बताउनुभयो । “परिचयपत्र आएकाको मोवाईल नम्बरमा सन्देश पठाइएको हुन्छ,” उहाँले भन्नुभयो “आवश्यक पर्ने र जिल्लाभित्र भएकाले अनुकुल समय मिलाएर परिचयपत्र लैजान आएका छन् ।”

Shreekrishna

सहायक प्रजिअ पन्तले राष्ट्रिय परिचयपत्र लिन आउने भन्दा बनाउनेको संख्या बढी रहेको बताउनुभयो । दैनिक ३५ जना सम्म सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम, विवरण भर्ने र बायोमेट्रिकन गर्न आउँछन् । फारम भर्दा र परिचयपत्र लैजान व्यक्तिको आँखा, अनुहार, हात, औठाछाप आदिको विद्युतीय (डिजिटल) विवरण सङ्कन गर्ने आधुनिक प्रणाली बायोमेट्रिक हो ।

म्याग्दीमा प्रशासन कार्यालयमै निशूल्क राष्ट्रिय परिचयपत्र भर्ने व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्र आएको सूचना नपाएका कारण लिन अनाएको हुन सक्ने भएकाले पालिका र वडा कार्यालय मार्फत पनि सन्देश पठाइएको बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...