बेनी, । पर्वत बेनीको न्यु होराइजन आवासीय मावि परिसरमा बुधबारदेखि जलजला गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाका १४ विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो ।
अध्यक्ष आचार्यले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुमा लगनशिलता, अनुसासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।
उहाँले गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई हरेक बर्ष फरक फरक विद्यालयमा आयोजना गर्ने र त्यसले एक विद्यालयको शैक्षिक र भौतिक व्यवस्थापनको अर्को विद्यालयहरुले सिकाई गर्न सक्ने समेत बताउनुभयो ।
गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विधामा प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । बिजेता विद्यालयलाई नगद रु. ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ ।
प्रतियोगितामा द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश ः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ । उद्घाटन अघि मार्च पास गरिएको थियो भने विद्यार्थी र कर्मचारीहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो ।