छात्रा फुटबल प्रतियोगिता उद्घाटन

Gandaki Ghumau

बेनी । बेनीमा बुधबार अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ ।

छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो ।

‘फुटबलका खेलाडीको पहिचानमा प्रतियोगिताको भूमिका महत्वपूर्ण हुन्छ, खेलकुद क्षेत्रका विकासको लागि सधै पहल गर्नेछु’ गर्बुजाले भन्नुभयो । उहाँले आफ्नो यूवा उमेरको धेरै समय खेलकुदमा वितेको बताउँदै म्याग्दीमा हुने खेलकुद गतिविधिको विकासमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

उद्घाटन समारोहमा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, प्रवक्ता रमेशकुमार श्रेष्ठ, म्याग्दी फुटबल संघका अध्यक्ष कुमार बानियाँले छात्राहरूको फुटबलका प्रतिभालाई आवश्यक सहयोग गर्ने बताउनुभयो । प्रथम लायन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल मंसिर १३ गते बिहिबार बिहान प्रकाश मावि र न्यू वेष्ट प्वाइन्ट आवासिय माविका बिच हुने छ ।

प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ ।

म्याग्दीबाट राष्ट्रिय स्तरमै पुगेका महिला भलिबलकी कप्तान अरुणा शाही, नेपाल पुलिस क्लबकी कप्तान कमला पुन, भारत्तोलन खेलाडी तारादेवी पुन जस्ता प्रतिभा जन्माएकाले फुटबलतर्फको सम्भावनाको समेत खोजीका लागि प्रतियोगिताको आयोजना गरिएको लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो ।

लायन्स क्लब अब बेनी लभ्लिहिलको आयोजनामा हुने छात्रा फुटबल प्रतियोगिताको मुख्य प्रायोजन दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गरेको छ । उद्घाटन सत्रको अध्यक्षता क्लव अध्यक्ष श्रेष्ठ, स्वागत प्रथम उपाध्यक्ष निर्मल खत्री र सञ्चालन सचिव ओमप्रकाश शर्माले गर्नुभएको थियो । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...