बेनी नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा शुक्रबार थप एक जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिका–२ भगवति ठेगाना भएका वर्ष २९ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १३४ जना पुगेको छ ।

कोरोना सँग मिल्ने लक्षण देखिएपछि स्वाबको नमुना संकलन गरि परिक्षण गर्ने क्रममा कोरोना पुष्टि भएको हो । संक्रमित व्यक्ति होम आइसोलेशनमा हुनुहुन्छ । उहाँ बेनी नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारी भएको बुझिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...