बेनी ः म्याग्दी जिल्ला अदालतबाट आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा दोषी ठहर भएर फरार रहेकी एक महिला पक्राउ परेकी छिन् ।
एक वर्ष कैद र रु. १० हजार जरिवाना ठहर भएकी मालिका गाउँपालिका–५ देविस्थानकी ३० वर्षीया सिता परियार लौडारीलाई पक्राउ गरेर अदालतमा पेश गरि म्याग्दी जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक सागर पौडेलले आइतबार बेलुकी लौडारीलाई घरबाटै पक्राउ गरिएको जानकारी दिनुभयो । सिता र उनका श्रीमान कमलेश परियार मिलेर योजनावद्ध रुपमा गाडीलाई कालीगण्डकी नदीमा फालेको र गाडीधनीको रकम लिएर भागेको मुद्दामा अदालतले दोषी ठहर गरेको थियो ।