धारापानीका थापाको उपचारका लागि सहयोग जुट्न थाल्यो

Sinchai Khanipani notice

बेनी । कलेजोमा खराबी देखिएपछि मुम्बईमा उपचार गराइरहेका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि सहयोग जुट्न थालेको छ ।

५३ बर्षिय थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन नसक्ने अवस्था भएपछि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोग संकलन अभियान शुरु गरेको छ ।

Bhautik ministry notice about road

कोषले अभियान सुरु गरेपछि स्वदेश तथा बिदेशमा रहेका थापाका आफन्त तथा म्याग्देलीहरुले सहयोग जुटाउन थालेका हुन् । शुक्रबार जलजला गाउँपालिका–७ मिलनचोककी पुजा केसीले आठ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

Shreekrishna hardwear in news

यसैगरी स्वदेश तथा बिदेशमा रहेका धारापानीबासीहरुले पनि सामाजिक सञ्जाल फेसबुकबाट सहयोग जुटाउन थालेका छन् । शुक्रबारनै एक लाख रुपैयाँ भन्दा बढी सहयोगको प्रतिबद्धता आएको काठमाडौमा रहनुभएका धारापानीका अर्जुन थापाले बताउनुभयो ।

निर्माण सम्बन्धी काम गर्ने थापा जेठ महिनादेखि अस्पतालमा भर्ना हुनुभएको छ । थापाकी श्रीमति यामुले नियमित उपचारमा करिब २० लाखभन्दा धेरै खर्च हुने भन्दै सहयोग अभियानमा साथ दिन अपिल गर्नुभएको छ । ‘श्रीमान अस्पतालमा मृत्युसँग लडिरहनुभएको छ,’ उहाँले भन्नुभयो ‘हामीलाई सानो सहयोगले पनि धेरै राहत मिल्छ ।’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...