जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवा लिदा निवेदन लेख्नुपर्ने झञ्जट हटायो

Gandaki Ghumau

बेनी, ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले निवेदन बिनै सेवा पाउने ब्यवस्था मिलाएको छ ।

सम्बन्धित निकायको सिफारिसमा टिकट टास गरेर पेश गरेको कागजातकै आधारमा सेवा दिन थालेको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सहजताका लागि सेवाग्राहीलाई निवेदन लेख्नु नपर्ने ब्यवस्था मिलाएको बताउनुभयो ।

Gunasthariya Shiksya

“प्रशासनमा स्थानीय तह, वडा र अन्य कार्यालयको सिफारिस लिएर आउने सेवाग्राहीले प्रजिअलाई सम्बोधन गरेर अर्को निवेदन लेख्दा झञ्जट, समय र आर्थिक खर्च हुने गरेको थियो,” उहाँले भन्नुभयो “सिफारिसमा रु. १० को हुलाक टिकट टाँस गरेपछि सोही कागजातलाई निवेदनको मान्यता दिएर सेवा दिने ब्यवस्था मिलाएको हो ।”

Shreekrishna

निवेदन लेख्ने निहुँमा बिचौलीयाको सहयोग लिदाँ आठ देखि दश हजार सम्म खर्च गर्नुपरेको सेवाग्राहीले गुनासो गरेपछि निवेदन नचाहिने ब्यवस्था मिलाएको प्रजिअ ढकालले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा दैनिक दुई सय जनाको हाराहारीमा सेवाग्राही आउने गर्दछन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...