बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

Gandaki Ghumau

बेनी, । बेनीमा बिहिबार देखि बेनी नगरपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खम्विर खर्वुजाले उद्घाटन गर्नुभयो । कार्यक्रमका गर्वुजा, प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जाली (सुविन), जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले विद्यालय स्तरमा हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन हुनुका साथै जिल्लामा खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

प्रतियोगिता उद्घाटनको अवसरमा गरिएको मार्चपासमा प्रकाश मावि प्रथम, न्यु वेष्ट पोइन्ट आवासिय मावि द्वित्तिय र बालमन्दिर मावि कालीपुलले तृतिय स्थान हासिल गरेका छन । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस सहित बेनी नगरपालिकाका २६ वटा विद्यालय सहभागि भएका छन् ।

Shreekrishna
Gunasthariya Shiksya

भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आर्टतर्फ गरि ३३ वटा खेलमा प्रतिस्पर्धा हुने बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल प्रसाद ढकालले जानकारी दिनुभयो । प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ्ग शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र सहित क्रमश रु. ५१ हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत ढकालले गर्नुभएको थियो । यसैविच उद्घाटन पश्चात आयोजित १५ सय मिटर दौडमा छात्रतर्फ प्रकाश माविका ईश्वर न्यौपाने प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय माविका सुजन राना मगर द्वितिय र जामुनाखर्क माविका मन्दिप विकले तृतिय स्थान हासिल गरेका छन ।
त्यस्तै छात्रातर्फ राष्ट्रिय माविकी अञ्जली खत्री प्रथम, बेनी सामुदायिक माविकी खिममाया घर्ति मगर द्वितिय र अर्जुन माविकी रोशनी सार्कीले तृतिय स्थान हासल गर्न सफल भएका छन । विजेता खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य खम्विर गर्वुजा, प्रदेश सभा सदस्य रेशम जुग्जाली, बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...