मुस्ताङको मार्फामा जुवाको खालबाट साढे आठ लाख नगद सहित १२ जना पक्राउ

Gandaki Ghumau

बेनी, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा जुवा खेलीरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मार्फाको होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टमा आइतबार साँझ छापा मार्दा हारजित हुने गरेर तास (जुवा) खेलीरहेको अवस्थामा पक्राउ परेका उनिहरुको साथबाट रु. आठ लाख ५२ हजार आठ सय नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

Gunasthariya Shiksya

तास खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा खटिएको १५ जना सुरक्षाकर्मीहरुको टोलीले पक्राउ गरेका व्यक्तिहरुको साथबाट आठ बुक तास समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनिहरु विरुद्ध केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को बर्खिलाप कसूर भएकाले सोही अनुसार कारबाही प्रक्रीया अघि बढाइने प्रहरीले जनाएको छ ।

Shreekrishna

घरपझोङ गाउँपालिका–२ का ५० वर्षीय सुरज लालचन, ५६ वर्षीय राजु लालचन, ५० वर्षीय जेम्स लालचन, ५३ वर्षीय गुन्ज हिराचन, ६० वर्षीय दलबहादुर हिराचन, ५० वर्षीय विश्व लालचन, ३८ वर्षीय समिर लालचन, ५० वर्षीय कविन ज्वारचन, ६५ वर्षीय यामप्रसाद मगर, ४० वर्षीय सन्तोष लालचन, पोखरा महानगरपालिका–९ घर भई हाल मार्फामा बस्ने ६० वर्षीय कमल हिराचन र ५९ वर्षीय आईत ज्वारचन लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...