बेनीमा नेपाल संवत ११४५ को स्वागत

Gandaki Ghumau

बेनी, बेनीमा शनिबार विभिन्न कार्यक्रम गरेर नेपाल संवत ११४५ को स्वागत गरिएको छ ।

नेपाल भाषा मंकाः खलः म्याग्दीको आयोजनामा बेनी बजारमा झाँकी सहितको ¥याली, शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम गरिएको हो । बेनीको संगमचोकबाट शुरु भएको नेवारी धिमे बाजा सहितको ¥यालीले बालमन्दिरचोक, बिरेन्द्रचोक, मंगलाघाट– हुलाकचोक– न्युरोड, क्याम्पसचोक, अस्पतालचोक, कालिपुल, गणेशटोल हुदै नेपाल भाषा मंकाः खलः को सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीलें बिक्रम सम्वत सहित नेपाल संवत्लाई पनि नगरपालिकाले कामकाजमा प्रयोगमा ल्याएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले नेपाल सम्वत मौलिक नेपाली संस्कृतिको आफ्नै सम्वत भएकोले राज्यले अपनत्व ग्रहण गरी नेवार समुदायको मात्रै होइन सबैको साझा पर्वको रुपमा स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो ।

शंखधर साख्वाको परोपकारी भावना र उनले गरेको योगदान अहिले पनि उत्तिकै उदाहरणीय र अनुकरणीय रहेको बताइएको थियो । म्याग्दीका स्थानीय तह, सरकारी निकाय र शैक्षिक तथा संघसंस्थाको क्यालेन्डरमा समेत बिक्रम सम्वदजस्तै प्रयोगमा ल्याउनुपर्ने नेवारी समुदायका अगुवाहरुको भनाई थियो । कार्यक्रममा एसईई परिक्षामा निजी र सामुदायिकतर्फ उत्कृष्ट अंक ल्याई उतिर्ण हुने म्याग्दीका नेवार समुदायका छात्रछात्रालाई नगद सहित सम्मान गरिएको थियो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको शुरुवात गराउनुभएको थियो । नेपाल भाषा मंकाःखलःम्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष कुविरकुमार श्रेष्ठको स्वागत र सहसचिव सृजना श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा म्याग्दीका राजनीतिक दल, जनप्रतिनिधि, विभिन्न जातजातिका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...