प्रदेश सरकारको सहयोगमा मौवाफाँटमा प्रहरी चौकीको भवन निर्माण सुरु

Sinchai Khanipani notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको भवन निर्माण सुरु भएको छ ।

गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको भवनको प्रहरी नायव उपरिक्षक किरणजंङ्ग कुँवरले बुधबार शिलन्यास गर्नुभयो । १० कोठे कार्यालय ब्यारेक, २ कोठे भान्छाघर, शौचालय र स्नानगृह सहित तीन वटा ब्लकमा भवन निर्माण हुने भएको छ ।

भवन निर्माणका लागि प्रदेश सरकारले एक करोड ८७ लाख ६२ हजार ८४६ रुपैयाँ बिनियोजन गरेको थियो । १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित शिवाको जयलक्ष्मी जेभीले भवन निर्माणको ठेक्का लिएको छ । निर्माण कम्पनीले भवन निर्माणका लागि जग खन्ने र सामग्री जुटाउने लगायत प्रारम्भिक चरणको काम गरेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भवन निर्माण गर्न मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, बिरबहादुर विश्वकर्मा र मिठु खत्रीले संयुक्त रुपमा तीन रोपनी जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो । प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी, वडा अध्यक्ष जिबनकुमार मल्ल, जग्गा ब्यवस्थापन समिति संयोजक मुकुन्दप्रसाद शर्मा लगायतको उपस्थिति थियो ।

भवन निर्माण भएपछि मौवाफाँटमा प्रहरी चौकी स्थापना गरिने भएको छ । हाल भगवति प्रहरी चौकीले मौवाफाँटको समेत सुरक्षा ब्यवस्थापन गरेको छ । नेपाल सरकारको सबै पालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने नीति अनुसार रघुगंगाको केन्द्रमा चौकी स्थापना गर्न भवन बनाउन बजेट ब्यवस्थापन गरिएको गण्डकी प्रदेशका म्याग्दी क्षेत्र (क)बाट निर्वाचित सांसद बिनोद केसीले बताउनुभयो ।

म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १६ वटा प्रहरी युुनिट छन् । घोरेपानी, घार, भुरुंग तातोपानी, दाना, तिप्ल्याङ, भगवति, गलेश्वर, पाखापानी, कालीपुल, रत्नेचौर, मंगलाघाट, सिंगा तातोपानी, बाबियाचौर, दरवाङ र ताकममा प्रहरी युनिट छन् ।

जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी र सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीको मात्र आफ्नै भवन छन् । अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् । पूर्बाधार अभावमा सुरक्षाकर्मीको आवास ब्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका ब्यक्तिहरुलाई राख्न समस्या भएको छ । प्रहरी चौकीको भवन बनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...