रघुगंगाको राष्ट्रपति रनिङ्ग शिल्ड मुक्तिधामले जित्यो

Gandaki Ghumau

पिप्ले ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा शनिबार सम्पन्न गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भगवतिको मुत्तिधाम मावि विजयी भएको छ । नौ वटा स्वर्ण, पाँच÷पाँच वटा रजत र कास्य गरि १९ वटा पदक जितेको मुक्तिधामले नगद रु. ५५ हजार पुरस्कार सहित रनिङ्ग शिल्ड प्राप्त गरेको छ ।

आठ स्वर्ण, चार रजत र तीन वटा कास्य पदक जितेको साविक विजेता रघुगंगा मा.वि. पिप्लेले दोस्रो स्थानमा सिमित हुदै रु. ३५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । छ स्वर्ण, आठ रजत र चार कास्य पदक जितेको अमर मावि पाखापानी तेस्रो हुदै रु. २५ हजार नगद पुरस्कार हात पारेको छ ।

Gunasthariya Shiksya
Shreekrishna

चौथो भएको महेन्द्र मावि झिले छ स्वर्ण, तीन रजत र छ कास्य पदक जितेको थियो । दुई वटा आधारभूत सहित १२ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । रघुगंगाले दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड जितेको हो । भलिबल, एथलेटिक्स र कबड्डी विद्यातर्फ छात्र र छात्राहरूको १३÷१३ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको गाउँ कार्यपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजयी खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, सामाजिक विकास समितिका संयोजक समेत रहेका शेरपुञ्जा, वडा अध्यक्ष खिमबहादुर शाही, कार्यपालिका सदस्य होमबहादुर बिक लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...