नागीमा राष्ट्रिय आविस्कार केन्द्रले बनाएको सामान ढुवानी गर्ने ड्रोनको परिक्षण

khali

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा राष्ट्रिय आविस्कार केन्द्रले निर्माण गरेको सामान ढुवानी गर्ने ड्रोनको परिक्षण गरिएको छ ।

केन्द्रका अध्यक्ष डा. महाविर पुनको जन्मथलो अन्नपूर्ण गाउँपालिका–८ नागी देखि सोही वडाको पर्यटकीय स्थल मोहरेडाडामा सामान ढुवानी गरेर ड्रोनको परिक्षण गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सामान ढुवानी गर्ने ड्रोनको परिक्षण सफल भएको जानकारी दिनुभयो ।

“केन्द्रका प्राविधिक टोलीले शुक्रबार र शनिबार नागी देखि मोहरेडाडामा ड्रोनमा झुण्डाएर सामान पढाएर परिक्षण गर्नुभएको थियो,” उहाँले भन्नुभयो “पहाडी र विपद् प्रभावित क्षेत्रमा औषधी र उपभोग्य अत्यावश्यक सामान ढुवानीका लागि यो ड्रोन उपभोगी हुने देखियो ।”

Shreekrishna hardwear in news

केन्द्रका सूचना प्रविधी ईन्जिनियर दिपेन्द्र बस्नेत, मोकानिकल ईञ्जिनियर रोमन श्रेष्ठ, एरोनोटिकल ईञ्जिनियर उत्सब कार्की र विकेक कार्कीको टोलीले ड्रोनको परिक्षण गर्नुभएको थियो ।

सो ड्रोनमा झुण्डाएर शुक्रबार तीन दशमलब पाँच किलोग्राम र शनिबार चार किलोग्राम दुई सय ५५ ग्राम तौल भएको उपभोग्य सामानको प्याकेट नागी देखि चार किलोमिटर टाढा मोहोरेडाडामा ढुवानी गरिएको थियो । पापड, चट्नी, टिस्युपेपर र ट्वाइलेटपेपर ढुवानी गरिएको हो ।

khali

समुन्द्रि सतहदेखि दुई हजार चार सय मिटर उचाईको नागी देखि उडेको ड्रोनलाई तीन हजार छ सय १० मिटर उचाईमा रहेको मोहोरेडाडामा सामान पु¥याएर फर्कन १९ मिनेट समय लागेको थियो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुन, वडा नं.–८ राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजा, हिमाञ्चल माविका प्रअ रमन पुन लगायतको उपस्थितिमा ड्रोनको परिक्षण गरिएको थियो । आविस्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनको जन्मथलो नागी हो ।

पुनले नागी लगायत म्याग्दीका ग्रामिण क्षेत्रमा ताररहित इन्टरनेट मार्फत सूचना प्रविधिको विकास र प्रर्वद्धनमा योगदान गरेवापत सन २००६ मा विश्व प्रसिद्ध रोमन म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएको थियो ।

पुनको अवधारणा अनुसार बासँखर्क, डाडाकटेरी, नागी, मोहरेडाडा, फुलबारी, शिख, स्वात, ढाडखर्क, खोपारा लेक लगायत पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थललाई समेटेर अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्ग सञ्चालन भएको छ । पदमार्ग अन्तर्गत वस्ती नभएका पर्यटकीय स्थलमा पर्यटकलाई खान र बस्नको सुविधाका लागि सामुदायिक होटल सञ्चालन भएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...