मुख्यमन्त्री र अन्नपूर्णका अध्यक्षले लगाए ‘मित’

Sinchai Khanipani notice

बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले “मित” लगाउनु भएको छ ।

अन्नपूर्ण–२ भुरुङ्ग तातोपानीमा सोमबार साँझ मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारका सदस्यको उपस्थितिमा मितेरी साइनो गाँस्नुभएको हो । परम्परागत बिधि अनुसार एक अर्काले भादगाउँले टोपी र माला सासाटाटका साथै टाउको जोडेर मित लगाउनु भएको थियो । मित लगाएपछि केक काटेर खुसीयाली साटासाट गरेका थिए । उनिहरु बिच यसअघिनै मित लगाउने सझदारी भएको थियो ।

बुवाको किरीया बसेका गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनलाई मुस्ताङमा भेटेर फर्कने क्रममा गुरुङ र अध्यक्ष पुनले मित लगाएका हुन् । ‘निर्वाचन पहिले उहाँसंग चिनजान थिएन, जनप्रतिनिधि भएपछि कार्यक्रममा उहाँसंग संगै हुने अवसर मिल्यो, धेरैले उहाँ र मलाई दुई भाई जस्तै भनेर पनि चिनाउन थाले,’ अध्यक्ष पुनले भन्नुभयो ‘उहाँ र म निकटका साथिहरुले मितको प्रस्ताब गर्नुभयो, हामीले सहर्ष स्विकार पनि ग¥र्यौ ।’

Shreekrishna hardwear in news

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य समेत रहेका गुरुङ नेकपाका प्रदेश इञ्चार्ज समेत हुनुहुन्छ । भारतीय गोर्खा सैनिकको सेवा निवृत्त क्याप्टेन पुन नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

Bhautik ministry notice about road

फरक राजनीतिक आस्था भएपनि भावनात्मक निकटताले उनिहरुलाई मितेरी साइनो सम्म पु¥याएको हो । आफूहरुको मितेरी साइनोले केन्द्रीय स्तरका नेताहरुलाई फरक आस्था र बिचार भएपनि राष्ट्रिय हितका मुद्दामा मिलेर अघि बढ्ने सन्देश दिन खोजेको अध्यक्ष पुनको भनाई छ ।
पश्चिम नेपालको पहाडी बस्तीमा पुरुषले “मित” र महिलाले “सैना” लगाउने चलन छ । बिशेष गरेर छिमेकी गाउँका युवा र युवतीहरुबीच परम्परागत रुपमा मित र सैना लगाउने चलन थियो ।

पछिल्लो समय मौलिक संस्कृति र चलनको रुपमा रहेको मितेरी साइनो हराउँदै गएको थियो ।
विकासप्रेमी सोच र भावनात्मक सम्वन्धकै कारण मित साइनो जोड्ने कुरा सम्भव भएको उनिहरुले बताएका छन् ।

गत वर्षको माघमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवकै अवसरमा मुख्यमन्त्री गुरुङ र अध्यक्ष पुन बिच मितेरी साइनो लगाउने चर्चा थियो । मित लगाउने कार्यक्रममा म्याग्दी क्षेत्र (क)बाट निर्वाचित प्रदेश सांसद बिनोद केसी, मंगला र मालिका गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी र खरमाया बिटालु पनि सहभागि हुनुहुन्थ्यो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...