नोकरीको शिलशिलामा म्याग्दी जिल्लाका घुमेका स्थलहरु

khali

याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्ड,े धौलेचउर
म्याग्दी जिल्लाको परिचय

गण्डकी प्रदेशको मनाङ,मुस्ताङ जिल्ला पछि म्याग्दी जिल्ला समेत हिमाली जिल्लामा पर्दछ । म्याग्दी जिल्लाको पुर्वमा कास्की र पर्वत, पश्चिममा बागलुङ, डोल्पा र रुकुम, उत्तरमा मुस्ताङ र डोल्पा तथा दक्षिणमा बागलुङ जिल्ला पर्दछन । धवलागिरी गाउँपालिकामा विश्व प्रसिद्ध हिमाल धवलागिरी हिमाल समेत म्याग्दी जिल्लामा पर्दछ । म्याग्दी जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग कि.मि. ( २,२९,७०६ हेक्टर ) रहेको छ । भौगोलिक अवस्थितिका हिसाबले ८३ड्ढ०८’ देखि ८३ड्ढ५३’ पूर्वी देशान्तरसम्म र २८ड्ढ२०’ देखि २८ड्ढ४७’ उत्तरी अक्षासंसम्म फैलिएको छ । म्याग्दी जिल्ला समुन्द्र सतहबाट न्युनतम ७९२ मिटर रत्नेचौर देखि अधिकतम ८१६७ मीटर धौलागिरी हिमाल सम्मको उच्चाइसम्म मूलत बेशी,उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा अवस्थित भुगोल रहेको छ । बार्षिक औषत तापक्रम न्युनतम ३ड्ढ देखि अधिकतम ३६ड्ढ सेल्सियम सम्म हुने गर्दछ । बेनी नगरपालिका र धौलागिरी, मालिका,मंगला, रघुगंगा, अन्नपुर्ण गाउँपालिकाहरु संघिय नेपालको प्रशासनिक संरचनामा रहेका छन् ।
म्याग्दी जिल्लाका पर्यटकीय स्थलहरु मध्ये घोरेपानी ( पुन हिल ), खोप्राकको लेक, लभ्ली हिल ( प्रणय शिखर ) , गल्लेश्वर मन्दिर, महारानी थान ,सिंगा तातोपानी ुकण्ड, भुरुङ तातोपानी , गुुर्जा गाऊ, राउण्ड धौलागिरी, धौलागिरी हिमाल, चिम खोला, अन्ध गल्छी, रुप्से झरना, नारच्याङ झरना, बेनी बजार, पौलत्यस आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गा आश्रम, बेलढुगा पथ्थर, गाजनेको जगनाथ मन्दिर, गुफाको डाँडो, निस्कोटको बराहताल, टोडके डाँडा क्षेत्र, मालिका धुरी, करबाकेली पदमार्ग, कालीगण्डकी नदी, म्याग्दी नदी, दरवाङ बजार, शोले डाँडा, धौलागिरी बेसक्याप,अन्नपुर्ण हिमाल, गुर्जा हिमाल, पुठा हिमाल, जलजला क्षेत्र, निलगिरी हिमाल, ढोरपाटन क्षेत्र रहेको पाइन्छ ।
नोकरी सुरुवात नहुँदै म्याग्दी पुगेका स्थलहरु
म बागलुङ बजारमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने वि.स. २०५५ साल तिर पहिलो पटक पैदल यात्रा मार्फत म्याग्दीको बेनी बजारमा प्रवेश गरेको थिए । प्रिङयका थापा बैनीको अनुरोधमा बैनीको साथीहरुको समहु बनाई हामी गलेश्वर मन्दिर, बेनी बजार र महारानी थानको दर्शन गर्ने योजना सम्पन्न गरेका थियौ । सो समुहमा गिता मल्ल खड्का ( भकुण्डे, गलुवा हाल हलन चोक निवासी ), सुर्य कुमारी खडका ( गुठी ), प्रिङया थापा, देवी खड्का (गुठी ), देवु खडका ( गुठी ) लगायतका बैनीहरुको समुहमा आवद्ध भएको थिए । बागलुङ बजार देखि उपल्लाचौर, ओडारे चौउर हुदै पैदल यात्रा गरेर विहानको समयमा हिडेको हामी फर्कने समयका बेलुकाको साँझ भै सकेको थियो । त्यसपछि नेपाल विद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस बेनी, म्याग्दीको भेला र अधिवेशनमा गएको थिए । मिति थाहा भएन तर मगर संघको हल भरि मानिसहरु धेरै भन्दा धेरेै सहभागी भएका थिए । मगर जातिय पोशाकमा सबै जसो उपस्थित थिए । बेनीको बजार, जता माया उतै नजर भन्ने गित त्यही सुनेको थिए । हेर्दा हेर्दै मायाले शोले डाँडा काटयो मायाले भन्ने लोकप्रिय गायक खडग गर्वुजाको गित समेत सुने ा बेनी म्याग्दीको बारेमा थप जानकारी बुझन बाँकी नै थियो । ममा पनि उमेर,अनुभव र ज्ञानले परिपक्वता समेत नहुँदैको अवस्था थियो । नियमित कापी कलम,किताब किन्नका लागि नै समेत धौ धौ पर्ने आर्थिक अवस्थामा जिवनयापन गरिएको समयमा फुर्सदको समयमा घुम्ने र डुल्ने अनि खुशी हुने वातावरण तयार गर्नमा मेरो सोच अब्बल बनेको अवस्था थिएन । पर्यटकीय स्थलहरुको अनुभव र नयाँ नयाँ चर्चित स्थानहरुको भ्रमण गर्ने सोचको विकास ममा म्याग्दीको बसाइमा नै भएको हो ।
नोकरीको शिलशिलामा घुमेका म्याग्दीका गाउहरु
म निजामती सेवामा नोकरी गर्ने शिलशिलामा वि.स.२०६७ साल फागुन २ गते गएको थिए । साथी टुकनाथ शर्मा ( अमलाचौर बागलुङका हाल अमेरिका ) को मोटरसाइकलमा बेनी बजार गएपछि सोही दिन बागलुङ बजार आएका थियौ । ममा बागलुङ बजार भन्दा टाढाको लामो बसाइ नगरेको अवस्था थियो । ज्यmभ क्ष्अपलभकक ( घरको यादले बिरामीपना ) ले ग्रस्त भएकोले झन्डै एक महिना जति बागलुङ बजारबाट नै बेनी बजार आउने जाने गरेको थिए । तर मलाई धेरै खर्च भएको आभास र अनुभुति भएपछि खाना खाने होटल ( मोहन बानिया श्रोत व्यक्तिको घर बेनी बजारमा ) मा नै सुत्ने र खाने गर्दै कार्यालय समयको व्यवस्थापन गर्दै भाडामा कोठा खोज्न थाले । तर कोठा पाउन मुश्किल परेको थियो । लामो प्रयास पछि मगलाघाटमा कोठा भेटियो । बेनी बजारमा चिनेका मानिसहरुको सख्यामा बढोत्तरी हुँदै गयो । तर कहिले काँही बेनी बजारका होटलहरुमा खाना र खाजा चिया पिउने खाने कार्यक्रमहरु पर्दा खेरी हामीलाई भन्दा अन्य खैरे रङगका पाहुनालाई बढी मात्रामा सेवा, प्रोत्साहन र सुविधा दिने, हामीलाई पछि मात्र खाना ल्याउथे । सहकर्मी साथीहरुले अनौपचारिक रुपमा नेपालीहरुलाई त विदेशी पाहुनाहरु होटेलमा हुँदासम्म उनीहरुको स्वागत र सत्कारमा होटलका कामदारहरु सक्रिय हुन्थे । नियोजित समय भन्दा धेरै पछि मात्र हामीले खाना खान पाउँथ्यौ ।
कार्यालय समय बाहेकमा पनि थप अन्य होटलहरुसँग सम्पर्क र समन्वय हुन थाल्यो । समय थियो स्रोह श्राद्धको समय थियो । सायद वि.स. २०६८ सालको हुनुपर्दछ । मुस्ताङ जिल्लाको मुक्तिनाथ, कागबेनी, उपल्लो मुस्ताङ,कोलारा नाका, लोमान्थाङ, घोरेपानी, सिगां तातो पानी र राउन्ड धौलागिरी हिमाल लगायतका प्रसिद्ध पर्यटकीय स्थल भ्रमण गर्न, पैदल यात्रा पदमार्गको लागि बनेी बजार साँघुरो भए जस्तो लागेको अनुभव सुन्न पाए । थुप्रै पर्यटकहरु एउटै कोठामा खाजिएर सुते । कति पदयात्रीहरु बागलुङ, कुश्मा, पोखरामा बस्ने गरी रातीको एघार,बाह्र बजे हिडे । बेनी बजारका सबै होटेलहरु फुल हाउस भएको सिजनको समयमा भएको स्थानीय मानिसहरुले बताएको सुन्थे ।
मैले बेनी बजारमा शुक्रबार घर आउने र आइतबार बेनी कार्यालयमा जाने क्रम चल्न थाल्यो । मैले सरुवाको लागि प्रक्रिया सुरु गरि सकेको थिए । जिल्ला हुलाक कार्यालय बेनी, म्याग्दी मार्फत पत्र रजिष्ट्रर गरि सकेको थिए । मैले एस.एल.सी. परिक्षा २०६७ सालको चैत्र महिनामा भएको परिक्षामा ताकम क्षेत्रको विद्यालयमा निरीक्षक भएर प्रतिनिधीका रुपमा खटिएर जाने मौका मिल्यो । सो समयमा मच्छिम गाउःmँ सम्म पुगे र ताकम गाऊँ तलमाथि मस्तै घुमेको थिए । सो ताकम गाउँको बाटो धौलागिरी राउण्ड जाने बाटो, गुर्जा गाउँ जाने बाटो, मुना गाऊँ जाने बाटो भएको जानकारी पाउन सके । तर ति सुन्दर भौगोलिक स्थलहरुलाई मेरा पाइलाहरुले चुम्न पाएन । गुर्जा भन्दा गाउँ छैन, टुपी भन्दा माथि ठाउँ छैन भन्ने भनाई सुन्ने मात्र काम भयो । भुगोल बारेको अनुभव लिन मौका नै मिलेन । सफल पार्न गरेका असफल प्रयास र योजनाहरु असफल सावित बनेर इतिहासको रुपमा दर्ज भयो । दरबाङ बजारमा समेत एक सरो कामको शिलशिलामा घुम्ने मेसो मिल्यो । त्यस भन्दा पश्चिमको शोले डाँडा , रुम गाउँ ( ढुगाँ खानीका लागि प्रसिद्ध ), नेकपा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको ओखरबोट गाउँ जाने बाटोको जानकारी लिए । तर ओखरबोट गाऊँ जाने समय व्यवस्थापन हुन सकेन । रुमको ढुँगाखानी समेत हेर्ने धोको बाँकी रहयो ।
दैनिकीको विहानी पखको हिडाईको क्रममा कार्यालयका साथीहरुसँग पाँच छ पटक भन्दा बढी लभ्ली हिल डाँडा जाने काम भयो । लभ्ली हिलबाट बेनी बजार दुई नदी म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा अडिएको सुन्दर दृश्य देखेर रमाउन सकिन्थ्यो । कुनै हप्ता घर नआउने मेसो भएमा शनिवारको दिनमा सिगा तातोपानी डुब्न जाने काम गर्दथ्यौ । उपचार कुण्ड तातोपानीमा डुबेर आउँदा बेलुका खाना नै नमिठो हुने गरि गन्ध आउँथ्यो । तातोपानीमा डुबे पछि पौष्टीक तत्व खानुपर्ने जानकारी सो समयमा भएको थियो । विहानी पखको समयमा पटक पटक बौद्ध विहार, महारानी थान मन्दिर,गलेश्वर मन्दिरमा जाने काम भयो । गलेश्वर मन्दिर परिसरमा वृद्धा आश्रममा बसेको बृद्ध बृद्धाहरुको नजिकबाट आवासीय अनुभव र अनुभुति लिने काम भयो । अर्को मगर समुदायका मानिसहरुलाई अनौठो लाग्ने जनै पुर्णिमाका दिनको यात्रा गलेश्वर मन्दिर परिसरमा भएको थियो । मैले नोकरी गर्ने जिल्ला शिक्षा कार्यालय बेनी म्याग्दीमा काम गर्थे । त्यस भन्दा अगाडी मेरो साविक भकुण्डे गाउँ विकास समिति वडा नम्बर ४ देउराली निवासी स्वर्गीय खडक बहादुर थापा मगरले लामो समय खरिदार पदमा कामकाज गरेका थिए । जैनपुर्णिमा दिनमा कोष तथा लेखा नियन्त्रक कार्यालय बेनी, म्याग्दीमा कार्यरत लेखापाल गणेश गौतम ( हाल नेपाल सरकारका शाखा अधिकृत ) सँग सरसल्लाह गरेर गलेश्वर मन्दिरमा जाने योजना बनाए बमोजिम विहान नै पैदल यात्रा मार्फत लाग्यौ गलेश्वर मन्दिर तर्फ । फुल चढाउने, मन्दिर दर्शन गर्ने र घुम्ने, टिका लगाउने, प्रसाद ग्रहण गर्ने कार्यक्रम पश्चात गौतम साथी ढुगा माथि बसेर शरिरको कपडा खोल्न पो थाल्नु भयो । कमिज खोल्दै ल यो सालको जनै पुर्णिमा गलेश्वर मन्दिरमा मनाइयो भन्दै पाइन्टको खोल्तीबाट नयाँ जनै पनि निकाल्नु भयो । के के भगवानको नाम लिदै पुरानो जनै चुडालेर फाल्नु भयो । नयाँ जनै शरिरमा भेर्नु भयो । म उहाँको एक्लो प्रत्यक्ष साक्षी साथी मात्र थिए । मैले जनैपुर्णिमाका दिनमा तागो बाँनेको याद छ । तर जनै लगाउने कार्यक्रमको पहिलो अनुभव लिदै थिए । त्यसपछि गलेश्वर मन्दिर वरिपरि नजर लगाउँदा कुनै तागो मात्र बाध्नका लागि पण्डित बसेको र कुनै गौतम सरले जस्तै जनै फेर्ने काममा लागि पवित्र धार्मिक स्थलहरुमा आएकाले चहलपहल मन्दिरमा थियो ।
घोरेपानी पुन हिल भ्रमण गर्ने सल्लाह बमोजिम गणेश गौतमको तत्कालिन गाउँ विकास समिति शिख र घारमा न्युनतम आधार मुल्याकन निर्धारण कार्यक्रममा जाने कार्यक्रमको जानकारी भयो । घोरेपानी पर्यटकीय स्थलमा फागुन,चैत्र,वैशाखमा जाने उत्तम मौसम भएपनि हामी मसिरको महिनामा पारिवारिक भ्रमण सम्पन्न गर्याै । जस अनुसार गौतम सरको म्याडम दुर्गादेवी शर्मा , मेरो जिवनसंगिनी रुपक देवी थापा मगर, छोरी रुयासा थापा मगर,छोरा हिम्मत थापा मगर सहित समुह तयार भयो । घोरपानी पुग्दा झन्डै साढे सात बजेको थियो । बगरबाट शिख घार हँुदै बाँस बस्नको लागि मुनलाइट होटलका मित्र प्रो. राजु पुनको मा भैसकेको थियो । साँझ विदेशी पर्यटकसँग रमाइलो कुराकानी भयो । विहान तिन बजे नै उठेर पुनहिल जानुपर्ने भएकोले हामी उकालो डाँडामा लाग्यौ । तर चिया कपको एक सय दश मुल्य तिर्दा अचम्म लाग्यो । थुप्रै मानिसहरु सुर्योदय हेर्न जम्मा भएका थिए । बिहानको नौ बजेसम्म बस्नुपर्ने स्थानीयले भने पनि हामी सुर्योदय हेरेर नजिकबाट धौलागिरी हिमाल नजर गरेर खाना खाएर डाडापानी हुदै घान्द्रुक गाउँ तिर पदयात्रा शुरु गयौ । पदयात्राको बाटोमा नेपालीहरु भन्दा गोरा पर्यटक मानिसहरुको बहुमत थियो । साँझ पख घान्द्रुक गाउँ पुगेर बाँस बस्यौ । भोलिपल्ट विहान एक छिन गुरुङ सग्रहालय अवलोकन गरेर घान्द्रुक गाउँबाट विरेठाटी हुँदै नयाँपुलमा खाना खाएर बागलुङ बजार आइपुगेका थियौ । पाउद्धर माध्यमिक विद्यालय पाउद्धरमा विद्यार्थी सत्यापन मापनका लागि गएको त सो विद्यालयको परिसरमा कम्प्युटर,सरसफाइ देख्दा त म अति प्रभावित भएको थिए ।
त्यसैगरि म्याग्दीको प्रसिद्ध टोडके डाँडामा स्थानीय विद्यालयका प्रध्यानाध्पक टेक बहादुर रामजालीको सहयोग र समन्वयमा पुग्न सफल भयौ । टोडके डाँडाको मुला चिसो हावापानीले गर्दा पिरो नै नहुने रहेछ । व्यवसायीक रुपमा बाख्रापालनको लागि दुई युवाहरु व्यवस्थीत र परिश्रमी तरिकाले लागेको भेटेको थिए । कँुहु गाऊँको माथि देखि तल मोटरबाटो सम्म एक्लो यात्री झै यात्रा गरेको थिए । रघुगंगा गाऊँको कोटमा पुगेर श्रोत व्यक्ति तत्त बहादुर सरको स्वागतमा खानपिन पछि मेरा भकुण्डे दुहार गाउँका अतिरिक्त हुलाक सेवामा कार्यरत दाजी महेन्द्र प्रसाद शर्मासँगको भलाकुसारी पछि पैदल यात्रा गरेर बेनी बजारमा आउने काम भएको छ । नारचाङका तेज बहादुर गुरुङ सरसँगको सहयोगमा उकालो बनजगलको यात्रामा बहुत रमाइलो र दुख गरेर हिडेर रमाइलो गरयौ । रुप्से झरनाको मनमोहकमा दृश्यको फोटो सेसन गरेर र अन्नपुर्ण हिमाल तथा धवलागिरी हिमालको विचमा रहेको विश्वको गहिरो अन्ध गल्छीमा नजर सहित फोटो खिचेर यात्राको अनुभव लिने काम भयो । दाना गाऊँ पहिला मुस्ताङ जिल्लाको पुरानो सदरमुकाम हो भन्ने कुरा पछि मात्र पो थाहा भयो ।
भ्रमण गर्न छुटेका म्याग्दीका स्थलहरु
मैले म्याग्दी जिल्लामा नोकरी गर्दा र हालसम्म समेत भ्रमण गर्न छुटेका स्थलहरु धेरै रहेको छ । मालिकाको धुरी, जगन्नाथ मन्दिर, पौलत्य मन्दिर, चिमखोला गाऊँ, दोवा, ख्रोपाको लेक, भकुण्डे ज्यामुरकोट, महाविर पुनको नागँी गाऊमा पुग्न बाँकी रहेको थियो । त्यस्तै बरान्जा गाऊमा हाम्री फुपु सुशिला थापा रोका मगर शिक्षक हुनुहुन्थ्यो । उहाँसग बेनी बजारमा भेट हुने समयमा बरान्जा जाने भन्ने सरसल्लाह हुन्थ्यो तर बरान्जा गाउँ जाने समय व्यवस्थापन हुन नसकि बेनी बजारबाट रमाना लिएर आउने काम भयो ।
अन्तमा नेपालीमा योजना र समय व्यवस्थापन गरेर क्रमिक रुपमा भ्रमण गर्ने बानीको विकास बनाउन सकेको पाइदैन । मौका र नोकरीको शिलशिलामा नयाँ र नौला स्थानहरु डुल्ने बानीले पुरा भ्रमणको महत्व पुरा हुन नसक्ने रहेछ । नेपालीहरुको घुम्ने, डुलुवा बन्ने, घुम्न्टे बन्ने क्रम पछिल्लो समयमा बढेर गएको पाइन्छ । तर सस्थागत रुपमा दिगो र वर्षै पिच्छे भ्रमणलाई जिवनको अभिन्न पाटोको रुपमा लिने गरि अवयव बनाउन जरुरी भएको बहस चलाउन जरुरी देखिन्छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...