म्याग्दीका तीन जना उद्यमी पुरस्कृत

Gandaki Pardesh notice

बेनी । छैटौ राष्ट्रिय उद्योग दिवसको अवसरमा मंगलबार म्याग्दीका तीन जना उद्यमीहरुलाई पुरस्कृत गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले उनिहरुलाई जनही दश हजार रुपैयाँका दरले नगद सहित प्रशसापत्र र दोसल्ला ओढाएर पुरकृत गरेको हो । पुरस्कृत हुनेमा बेनीको धौलागिरी डेरी उद्योगका बिरेन्द्र ढुङ्गाना, रेमण्ड सिलाई तालिम केन्द्रकी शोभा सेन र गलेश्वर सिस्नो पाउडर एण्ड मसला उद्योगका गंगा खत्री रहनुभएको छ ।

ब्यवसायिक क्षेत्रमा राम्रो सफलता हात पारेका उद्यमीहरुलाई प्रोत्साहन र नयाँ उद्यमीहरुलाई प्रेरित गर्ने उद्देश्यले जिल्ला उद्योग प्रर्वद्धन समितिको निर्णय अनुसार पुरस्कृत गरिएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र कटुवाल, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र कार्यालय प्रमुख पौडेलले प्रशंसापत्र, दोसल्ला र नगद वितरण गर्नुभएको थियो । उपाध्यायले बेनी बजारमा दूध प्रशोधन उद्योग, सेनले सिलाई कटाई सम्बन्धी तालिम र खत्रीले सिस्नो र टिम्मुर प्रशोधन उद्योग सञ्चालन गर्नुभएको छ ।

पुरस्कार वितरणका अवसरमा जिसस प्रमुख केसी, प्रजिअ अधिकारी, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, घरेलु तथा साना उद्योग महासंघ म्याग्दीका अध्यक्ष लीलाराम गौतमले गरिबी निवारण, रोजगारी सिर्जना र आयआर्जन सुधारका लागि उद्यमशिलताको विकासमा जोड दिनुभयो ।

Bhautik ministry notice about road

नायब सुब्बा गोबिन्द सुबेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालक तथ्याङ्क सहायक सन्तोष ढुङ्गानाले गर्नुभएको थियो ।

म्याग्दी जिल्लामा दुई हजार २३३ वटा उद्योग दर्ता भएका छन् । वाणिज्य तर्फ गत आवका ११० वटा सहित दुई हजार १०९ वटा फर्म दर्ता भएका छन् । कृषि तथा वनजन्य १५५, उत्पादनमुलक ९, पर्यटन १७ र सेवामुलक ३३ वटा उद्योग रहेको कार्यालयले जनाएको छ । कार्यालयले उद्यमीहरुलाई नयाँ प्रबिधिमा आधारित औजार उपकरण खरिदमा अनुदानको सुबिधा दिएको छ ।

यसैगरी नयाँ उद्यमी सिर्जना र सिपमुलक तालिम लिएका उद्यमीहरुको क्षमता विकास गरि स्तरोन्नति सम्बन्धी तालिम सञ्चालन गरेको छ । कार्यालयको नियमित कार्यक्रम मार्फत तीन हजार ७५९ जना र गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत एक हजार ११९३ जनालाई तालिम दिएको छ ।

सिपमुलक तालिम लिएका मध्य अधिकांशले पुजि र प्रबिधिको अभावमा उद्यम, ब्यवसाय सञ्चालन गर्न सकेका छैन्न् । म्याग्दीमा हाते कागज, अल्ला कपडा, जडिबुटी, फलफूल प्रशोधन, पशुपालन, दूग्धजन्य, राडीपाखी, ढाका, सिलाइकटाई, वर्कसप, गाडी मर्मत, फर्निचर, ग्रिल सम्बन्धी उद्योगका सम्भावना रहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...