कक्षा १२ को परिक्षा केन्द्रमा अनेरास्वीयूको स्वास्थ्य सामग्री

Gandaki Pardesh notice

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववीयू म्याग्दीले कक्षा १२ को परिक्षा केन्द्रमा स्वास्थ्य सामग्रीको ब्यवस्था गरेको छ ।

राष्ट्रिय परिक्षा बोर्डले मंगलबार देखि सञ्चालन गरेको कक्षा १२ को परिक्षा सञ्चालन हुने म्याग्दीका केन्द्रहरुमा मास्क र स्यानीटाइजर उपलब्ध गराएको अनेरास्ववीयू म्याग्दीले जनाएको छ ।

Bhautik ministry notice about road

जिल्लाभरका परिक्षा केन्द्रमा ५० लिटर स्यानीटाइजर र पाँच हजार मास्क उपलब्ध गराएको अनेरास्ववीयु म्याग्दीका कार्यालय सदस्य इश्वर सुवेदीले जानकारी दिनुभयो । सदरमुकाम र आसपासका बिद्यालयमा संगठनका पदाधीकारीहरुले परिक्षा केन्द्राअध्यक्षलाई सामग्री हस्तान्तरण गरेका थिए ।

Shreekrishna hardwear in news

ग्रामिण क्षेत्रका परिक्षा केन्द्रमा पनि सामग्री पठाएको र सहायता कक्ष समेत स्थापना गरेको सुबेदीले बताउनुभयो । कोरोनाका कारण गत बैशाखमा रोकिएको कक्षा १२ को परिक्षा सुरु भएको छ । सम्बन्धित बिद्यालयमै केन्द्र कायम गरेर परिक्षा सञ्चालन गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...