गित र नृत्यमा पौराणिक विषय झल्कने ‘पुरख्यौली’

khali

बेनी, ः ‘आकाशैको मुलीमा तारा भुईमा खस्यो
सरस्वती गुरुज्यू शिरैमा चढाउला…..’ रघुगंगा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस सरस्वती माता भन्ने भावलाई गितबाट प्रकट गर्नुभयो ।

थजालीको साथमा रहेका महिला कलाकारहरुले उहाँलाई साथ दिनुभयो । कछाड र भाङग्रामा सजिएका दुई जना (मादले)ले थजालीको भाकामा कम्मरमा भिरेको मादल बजाउदै नाच्न थाले । महिलाको पहिरनमा सजिएका थप दुई जना (मारुनी) कलाकार पनि मादलेसँगै लय र ताल मिलाएर नृत्यलाई निरन्तरता दिए ।

‘सोह् सय गोपीनीले यमुना नुुहाउदैछन,
कृष्ण जि अयोध्याबाट आउदैछन् ….’ जस्तै विभिन्न धार्मिक ग्रन्थका विषयलाई गितका माध्यमबाट प्रस्तुत गरिने पुरख्यौली गित र नाच म्याग्दीका मगर समुदायको मौलिक सांस्कृतिक पहिचान भएको थजालीले बताउनुभयो ।

Shreekrishna hardwear in news

“पुरख्यौली गित र नृत्यले देवी देवताहरुको सम्मान गर्छ, यसमा प्रेमका विषय हुदैनन्,” झिँका अगुवा मारुनी कलाकार रेशम बहादुुर थजालीले भन्नुभयो “जिस्तै हन्दु धर्मग्रन्थ रामायणमा राम र सिताको बिहे भएको देखि वनवास गएको र रावणसँगको युद्धका विषयलाई गित र नृत्यका माध्यमबाट प्रस्तुत गर्नुनै पुरख्यौलीको प्रमुख विषेशता हो ।”

अनौठो मौलिक नाच

khali

सोरठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह, व्रतबन्ध, क्षवर लगायतका शुभकार्यहरुमा अनिवार्य देखाउने चलन छ । दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । गीतको भाका र नाच्नेहरुबीच मादलको ताल मिल्नुपर्छ । पुरख्यौली सात रात सात दिनसम्म पनि गाएर÷ नाचेर नसकिने मान्यता छ ।

पुरख्यौली नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरु कोही कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा–टोपी, भोटो, खादी भांङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर (मादले मारुनी) नाच देखाउँछन् ।

विशेष गरी यो नाच शुरु गर्नु पूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरु एक्कासी काम्ने गर्छन् । तर, पूर्ण रुपमा अचेत नभए पनि स्वतःस्फूर्त रुपमा मादलको तालले उनीहरुका शरीरमा कम्पन ल्याउने र काम्ने गरेको पुख्यौली नाच्ने कालकारहरुको भनाइ छ ।

नाच शुरु हुनु पूर्व नै स्थानीय पुख्र्यौली भाकामा गाउने गीतसँगै मादलको तालमा काम्न शुरु गर्नेहरुमा मादलको २२ ताल पुगेपछि मात्रै आफैं कम्पन हराउने गरेको पाइन्छ । नृत्य प्रस्तुत भइरहँदा कार्यक्रममा सहभागी केही केही पत्याउनै गाहे पर्ने गरी एक्कासी काम्न शुरु गर्ने यो नृत्यको अनौठो विशेषता हो ।
संरक्षणका लागि पुस्तान्तरण


अन्य सार्वजनिक कार्यक्रमहरुमा समेत गुञ्जिने सोरठी गीत र नाचिने मादले मारुनीलाई म्याग्दीका धेरै बस्तिका मगर समुदायले पुस्तान्तरण गरेर जोगाएका छन् । पुरख्यौली नाच संरक्षणका लागि अग्रज र पाका कलाकारहरुबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण भएको छ ।

रघुगंगा गाउँपालिका–५ झिँका ३५ वर्षीय टकबहादुर गर्बुजाले मनोरञ्जन र रमाइलो सँगै पुराना संस्कृति जोगाउन मारुनी नाच सिकेको बताउनुभयो । “केही वर्ष अघिसम्म बूढापाकाहरु मात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेका छौ,” उहाँले भन्नुभयो “अघिल्लो पुस्ताले हामीलाई सिकाउनुभयो, हामीले पछिल्लो पुस्तालाई पुरख्यौली संस्कृतिको ज्ञान, सिप र मौलिकता हस्तात्रण गरेर लोप हुन दिदैनौ ।”

युवा जमात वैदेशिक रोजगारीमा जाने क्रमले पछिल्लो युवा पुस्ता र पुरानो पुस्ताबीचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालीम, सहजीकरण लगायतका माध्यमबाट संस्कृति संरक्षणमा पहल गरेको रघुुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो । “पुख्र्यौली संस्कृति पुर्खाको सम्पत्ति र हाम्रो लागि गहना हुन्,” उहाँले भन्नुभयो “युवा पुस्तालाई यसप्रति आकर्षण गर्ने र संस्कृति जोगाउने प्रयास गरेका छौ ।”

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...