धौलागिरिमा अस्ताए रुसी आरोही

khali

सन्तोष गौतम
बेनी, ः “चार सहभागीहरुले थप आरोहण जारी राख्न अस्विकार गरे । दश जना जना हिउँ चितुवा जस्ता सहभागीहरु धौलागिरि चुम्नका लागि अनुकुल मौसमको पर्खाइमा छौ ।”
रसीयाका पर्वतारोही अलक्जेनडर दुशेइकोले सन २०२४ को सेप्टेम्बर २३ अथवा असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धौलागिरि चढ्दै गरेको तस्विर सहित आरोहण सम्बन्धी जानकारी गराउनुभएको थियो ।

संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरी हिमाल आरोहणका लागि आएका १४ जना रुसी पर्वतारोहीहरुको नेतृत्व गरेका दुशेइकोको यो नै अन्तिम सन्देश बन्न पुग्यो । सामाजिक सञ्जालमा दिएको अग्रिम बढाई र शुभकामना दिइरहेका आफन्तजन र साथीहरु यही असोज २१ गते अथवा अक्टोबर ६ तारिकका दिनदेखि उनिहरु सम्पर्क बिहिन बनेपछि एकाएक निराश भए ।
धौलागिरिको चुचुरो चुम्न एक सय ६७ मिटर मात्र भएको अवस्थामा असोज २१ गते दिउँसो ११ बजे आधार शिविरमा रहेको टोलीलाई फर्कन लागेको जानकारी गराएका दुशेइको सहित पाँच जना आरोही सम्पर्क बिहिन भएको दुई दिनपछि असोज २३ गते सात हजार एक सय मिटर उचाइमा मृत भेटिए ।

अतिरित्त अक्सिजनको प्रयोग बिना धौलागिरि आरोहण गर्न रसीयाबाट आएका दुशेइको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ अन्तत धौलागिरिमै अस्ताए ।

Shreekrishna hardwear in news
khali

हेलिकप्टर अवतरण गर्न र मानिस हिडेर पुग्न नसकिने ठाउँमा खसेर ज्यान गुमाएका उनिहरुको शव दश दिनपछि बुधबार निकालिएको छ । एयर अल्टिच्युडको हेलिकप्टरबाट रसीमा झुण्डीएर घटनास्थलमा पुगेका सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पा सहितको शेर्पाहरुको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए ।

इटली आधार शिविरबाट शवहरुलाई काठमाडौ स्थित टिचिङ अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । “मौसमको खराबी र प्रतिकुल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाई भएको हो,” उहाँले भन्नुभयो “उद्धारकर्ताहरु हेलिकप्टरबाट रसीमा झुण्डीएर शव भएको ठाउँमा पुगेका हुन् ।”
यसअघि शव ल्याउन दैनिकजसो हिमालमा गएका हेलिकप्टर रित्तै फर्किएका थिए । आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत १४ जना रसीयाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । सो टोलीका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्लीले भने धौलागिरिको सफल आरोहण गरेका आइएम टे«कीङ एण्ड एक्सपिडिसनले जनाएको छ ।

छ जना पर्वतारोहीहरुले बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौं लगिएको छ । चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनी तल ओर्लेका थिए ।

संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरदयाममा रसीयाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए । हिमपहिरो गएको अथवा उनिहरुले प्रयोग गरेको रसी चुडिएर दुर्घटना भएको हुन सक्ने अनुमान उद्दारमा गएकाहरुले गरेका छन् ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...