धौलागिरिमा ज्यान गुमाएका आरोहीको शव हेलिकप्टरबाट काठमाडौ लगियो

Gandaki Ghumau

बेनी, धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसीयाका पर्वतारोहीहरुको शव संकलन गरेर बुधबार काठमाडौ लगिएको छ ।

सात हजार एक सय मिटर उचाईमा मृत भेटिएका रसीयाका पाँच जना पर्वतारोहीको शव संकलन गरेर हेलिकप्टर मार्फत काठमाडौ लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पा सहितको शेर्पाहरुको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शवहरुलाई काठमाडौ स्थित टिचिङ अस्पतालमा लगिएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनिहरु सात हजार छ सय मिटरको उचाईबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन भएका थिए । प्रहरीका अनुसार रसीयाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकुल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाई भएको हो । उद्धारकर्ताहरु हेलिकप्टरबाट रसीमा झुण्डीएर शव भएको ठाउँमा पुगेका हुन् ।

आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत १४ जना रसीयाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका थिए । सात जना पर्वतरोहीहरुले बिचमै आरोहण रद्द गरेर फर्किएका थिए ।

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरदयाममा रसीयाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...