बीबीसीको प्रभावशाली ‘सय महिला’को सूचिमा म्याग्दीकी सपना

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–४ बुकेनीकी सपना रोका मगरलाई बेलायती सञ्चार माध्यम बीबीसीले प्रभावशाली ‘सय महिला’को सूचिमा राखेको छ ।

बीबीसले सन् २०१३ देखि विश्वभरका १०० जना प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचि सार्वजनिक गर्दै आएको छ । यस वर्ष म्याग्दीकी सपना सहित फिनल्याडकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, बैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ लगायत १०० जनाको सुचि आज सार्वजनिक गरेको हो ।

सपनाले काठमाडौमा अलपत्र अवस्थामा भेटिएका बेवारिसे शवको दाहसंस्कार गर्दै आएकी छिन् । बेवारीसे शव अस्पताल लगेर पोष्टमार्टम गर्ने देखि पशुपति आर्यघाटमा लगेर संस्कार अनुसार अन्त्येष्टि गराउने काममा सपना खटिएकी छिन् । उनले हालसम्म करिब ३०० बेवारिसे शवको ब्यवस्थापन गरिसकेकी छिन् ।

Shreekrishna hardwear in news

‘विश्वमा थुप्रै मानिस घरबारविहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ । मैले यो काम समाज सेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हुँ,’ उनले बीबीसीसँग भनेकी छिन् ।

बीबीसीले प्रभावशाली महिला महिलाको सूचिमा राखेपछि आभार प्रकट गर्दै रोकाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो मोडिएको सामाजिक कार्यमा हौसला थपिएको प्रतिक्रिया दिएकी छिन् । उनलाई पनि बधाईको ओइरो लागेको छ । उनको बारेमा चासो र चर्चा हुन थालेको छ ।

Bhautik ministry notice about road

१८ वर्षीय रोकाको घर मंगला गाउँपालिका–४ बुकेनी हो । सामान्य कृषक परिवारमा जन्मिएकी रोकाले वि.स. २०७३ मा बरंजाको महेन्द्ररत्न माबिबाट एसइई उतिर्ण गरेकी थिइन् । कक्षा ११ पढ्न बेनी झरेकी उनि बुवा–आमा–दाजु र दिदीले भनेको नमानेपछि परिवारबाट टाढीन पुगिन् ।

परिवारसँग सम्बन्ध बिग्रीएछि उनी पोखरा र बुटवल पुगिन् । गलत संगत र कुलतमा फसेकी उनको मनमा त्यसबेला आत्महत्याको सोच पनि आउँथ्यो । जिवन अन्त्य नभएर संघर्ष भन्ने धारणाले जिवनमा युटर्न भएको बताउँछिन् ।

यद्यपी उनले पढाईलाई निरन्तरता दिएर कक्षा १२ उतिर्ण गरेकी छिन् । विगतलाई आफ्नै नाम जस्तै सम्झिएर परिवारसँग क्षमा मागिन र सम्बन्ध सुधार गरिन् । बेवारिसे मानिसहरुको सेवा गर्ने सोचेकी सपनाको एक वर्षअघि काठमाडौको शिक्षण अस्पतालको शवगृहमा बिनयजंग बस्नेतसँग भेट भयो । बेवारिसे शव ब्यवस्थापनको काम गर्दै आएका बिनयजंग बस्नेतलाई सपनाले कर्मबुवा भन्छिन् ।

ललितपुरमा बस्दै आएकी सपना दैनिकजसो पशुपती आर्यघाट आसपासका क्षेत्रमा भेटिन्छन् । काठमाडौका विभिन्न स्थानमा बेवारिसे शव भेटिएपछि दाहसंस्कार गर्नका लागि सपनालाई सम्पर्क गर्छन् । कानुनी प्रक्रिया पुरा गरेपछि उनले आर्यघाटमा दागबत्ति दिने र दाहसंस्कार गर्छिन् ।
सपनालाई काठमाडौका अस्पतालमा बेसाहराको अभिभावकको रुपमा चिन्छन् । ‘कुनै समय म पनि सडकमै थिए, सडकको अनुभव मलाई पनि छ,’ उनले भन्ने गर्छिन ‘बेवारिसे शवलाई दागबत्ति दिएर सेवा गरेकी हो । मरेको आत्माले शान्ति पाए मलाई पुग्छ ।’

आर्यघाटमा अरु शवको दाहसंस्कार गर्दा मलामी र आफन्त हुन्छन् । सपनाले दाहसंस्कार गर्ने ठाउँ सुनसान हुन्छ । उनले एकै दिनमा ६ वटासम्म शवको दाहसंस्कार गरेको बताउँछिन् । उनिहरुले दासंस्कार गर्ने धेरैजसो शव एक वर्ष भन्दा पुराना हुन्छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...