म्याग्दीमा विद्युतीय चुल्होको दिगो विकास परियोजना सञ्चालन

Gandaki Ghumau

बेनी । म्याग्दीका चार वटा स्थानीय तहमा विद्युतीय चुल्होको दिगो विकास परियोजना सञ्चालन भएको छ ।

प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले बेनी नगरपालिका, धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकामा परियोजना सञ्चालन गरेको हो । इन्धनका लागि एलपी ग्याँसको प्रयोग घटाउन र विद्युतको खपत बढाउने परियोजनाको लक्ष्य रहेको छ ।

परियोजना मार्फत विद्युतीय चुल्हो खरिद र विपन्नको भान्छाकोठामा विद्युत वायरिङ गर्न अनुदान सहयोग गरिने डिसिआरडिसीका फिल्ड सहायक बाबुराम सापकोटाले जानकारी दिनुभयो ।

Shreekrishna

“परियोजना लागु भएका स्थानीय तहका उपभोक्ताले सुचिकृत पसलबाट इनडक्सन चुल्हो खरिद गर्दा प्रति चुल्हो रु. दुई हजार ७० का दरले नगद छुट पाउँछन,” उहाँले भन्नुभयो “म्याग्दीका विपन्न एक हजार एक सय घरधुरीलाई भान्छाकोठा वायरीङ गर्न रु. एक हजार छ सय ५० नगद अनुदान उपलब्ध गराउदैछौ ।”

Gunasthariya Shiksya

प्रतिगोटा चार हजार तीन सय मूल्य रहेको इनडक्सन चुल्हो खरिद गरेपछि साविकको भन्दा बढी विद्युत महशुल आएमा मासिक रु. एक सय ३५ का दरले अनुदान दिने व्यवस्था रहेको डिसिआरडिजीका फिल्ड सहायक सापकोटाले बताउनुभयो ।

म्याग्दीको मंगला र रघुगंगा गाउँपालिका बाहेकका स्थानीय तहमा परियोजना सञ्चालन भएको हो । वडा कार्यालय मार्फत विद्युतीय चुल्होको लागि आवेदन पेश गर्न सकिने परियोजनाले जनाएको छ । आगामी २०८२ को जेठ महिनासम्म परियोजना सञ्चालन हुनेछ् ।

एलपी ग्याँस खरिदका लागि नेपालबाट बार्षिक रु. ६५ अर्बको अनुपातमा रकम बाहिरिन कम गर्ने र दाउराको प्रयोग घटाउने परियोजनाको प्रमुख उद्देश्य रहेको डिसिआरडिसीका सल्लाहकार हरिप्रसाद शर्माले बताउनुभयो ।

विद्युतीय चुल्होको प्रयोग गर्दा घर भित्रको धुवाजन्य रोग नलाग्ने, बजारबाट ग्याँस खरिद र दाउरा खोज्न जंगल जान नपर्ने, इन्धनको तुलनामा मितब्ययी र सहज हुने, आगोजन्य दुर्घटनाको जोखिम कम हुन्छ । एलपी ग्याँसको तुलनामा विद्युतीय चुल्हो ३५ प्रतिशत सस्तो छ ।
वि.स. २०८० देखि गण्डकीको म्याग्दी, कास्की, तनहुँ, गोरखा सहित नेपालका आठ वटा जिल्लाका २६ हजार घरधुरीमा आगामी २०८२ को जेठ महिनासम्म विद्युतीय चुल्हो जडान गर्ने लक्ष्य रहेको छ ।

परियोजनाको बारेमा आइतबार दरवाङ स्थित मालिका गाउँपालिकाको कार्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन लगायत जनप्रतिनिधी, कर्मचारी र स्थानीयबासीहरुको उपस्थिति थियो । ज्ञान थापा र ईञ्जिनियर दिप्सन रेग्मीले परियोजनाका बारेमा प्रस्तुती गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...