पिप्लेमा रघुगंगाको कोरोना अस्पताल तयार

Gandaki Pardesh notice

पिप्ले । रघुगंगा गाउँपालिका–३ पिप्लेमा कोरोना अस्पताल स्थापना भएको छ ।
कोरोना संक्रमितको उपचारका लागि रघुगंगा गाउँपालिकाले कोरोना अस्पताल बनाएको हो । पिप्ले स्वास्थ्य चौकीको पुरानो भवन मर्मत गरेर ५ शैयाको कोरोना अस्पतालका स्थापना गरेको गाउँ कार्यपालिकाका प्रबक्ता समेत रहनुभएका वडा अध्यक्ष जिबनकुमार मल्लले जानकारी दिनुभयो ।

तीन वटा कोठामा उपचार कक्ष राखिएको छ । दुई वटा कोठालाई स्वास्थ्यकर्मीको प्रशासनिक काममा प्रयोग गरिने भएको छ । स्वास्थ्य चौकीको नियमित सेवा प्रभावित नहुने गरेर बस्ती देखि केही टाढा रहेको भवनलाई कोरोना अस्पतालका लागि प्रयोग गरिएको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

चिकित्सक, स्वास्थ्यकर्मी र संक्रमितको लागि फरक कोठा बनाइएको र त्यसलाई घेराबार गरिने भएको छ । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकाले १० लाख रुपैयाँ बजेट पठाएको थियो । दुई जना नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरिएको छ । चिकित्सकको विज्ञापन गरेपनि आवेदन परेको छैन् ।

Shreekrishna hardwear in news

कोरोना अस्पतालका लागि आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजन लगायतका औजार र औषधीको समेत ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । वाइट रु.४ लाख ५० हजार तलब, रु. ५० हजार औषधि र रु. ५ लाखको बेडसहितका सामग्री किन्न बजेट पठाएको थियो ।

लक्षण नभएका संक्रमितलाई प्रिआइसोलेशन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी र पोखराको अस्पतालमा रिफर गर्ने ब्यवस्था मिलाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टिकाबहादुर शाहीले बताउनुभयो ।

Bhautik ministry notice about road

चिकित्सकको खोजी सँगै गाउँपालिकाका अन्य स्वास्थ्य संस्थाबाट पनि आवश्यकताको आधारमा कोरोना अस्पतालमा जनशक्ति खटाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जनप्रतिनिधिहरुले दशै भत्ता वापत पाएको रकमबाट कोरोना अस्पतालका साथै १६ वटा स्वास्थ्य चौकीमा दुई÷दुई वटा अक्सिजन सिलीण्डर ब्यवस्था गरेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरिक्षक किरनजंङ्ग कुँवर, प्रमुख प्रशासकीय अधिकृत सुबेदी सहितको टोलीले सोमबार कोरोना अस्पतालको निरिक्षण गर्नुभएको थियो ।

संक्रमण फैलिने दर बढ्दै गएपछि म्याग्दीका स्थानीय तह कोरोना अस्पताल सञ्चालनमा जुटेका छन् । मंगला गाउँपालिकाले अर्मन स्वास्थ्य चौकीको भवनमा ५ शैया क्षमताको कोरोना अस्पताल सञ्चालन गरिसकेको छ । मालिका गाउँपालिकाले दरवाङको जनप्रिय माविको भवनमा स्थापना गरेको कोरोना अस्पताल तथा प्रिआइसोलेशन कक्षमा चिकित्सक समेत ब्यवस्थापन भइसकेको छ ।

धवलागिरी गाउँपालिकाले ताकम स्वास्थ्य चौकीमा कोरोना अस्पताल र घट्टेखोलाको सामुदायिक भवनमा आइसोलेशन स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा कोरोना अस्पताल बनाएको छ । कोरोना अस्पतालमा चिकित्सकको समेत ब्यवस्था गरिएमा सेवा प्रभावकारी बन्ने स्थानीयबासीले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...