हाउस वायरिङ सम्बन्धी तालिमको समापन

Gandaki Ghumau

बेनी ः म्याग्दीको बेनीमा सञ्चालन भएको हाउस वायरिङ सम्बन्धी तालिम समापन भएको छ ।

नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितहरुलाई सिपमुलक तालिम प्रदान गरिएको हो । प्राधिकरणको वातावरण विभागको आयोजनामा बेनीमा ६५ दिन सञ्चालन भएको तालिम बुधबार समापन भएको हो ।

सम्बन्धीत वडा कार्यालयको सिफारिसमा १५ जनालाई हाउस वायरिङ सम्बन्धी तालिम दिइएको आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सीनाले बताउनुभयो । उनिहरुलाई व्यवसायिक सिप तथा तालिम केन्द्रबाट मान्यता प्राप्त पहिलो तहको प्रमाणपत्र प्रदान गरिएको छ । मंगला गाउँपालिका २ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, प्रशासकीय अधिकृत तिमिल्सीना लगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

म्याग्दी जिल्लामा घर तथा भवन निर्माणका लागि स्थानीय रुपमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले हाउस वायरिङ सम्बन्धी तालिम प्रदान गरिएको विद्युुत प्राधिकरणको वातावरण विभागका वातावरणविद् नवराज पोखरेलले बताउनुभयो ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माण स्थल हुन् । १३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ८२ वटा टावर मध्य हालसम्म ३० वटा निर्माण सकिएको र ४८ वटा निर्माणाधिन रहेका आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो ।

मालिका गाउँपालिका–७ डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि चार वर्षअघि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ ।

म्याग्दी र राहुघाट नदीमा निर्माणाधिन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सवस्टेशन र प्रशारण लाइन निर्माण गर्न लागिएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...