जलजला गाउँपालिकामा काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सेवा ठप्प पारे

khali

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका कर्मचारीहरुले काम गर्ने वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन् ।

आन्दोलनका कारण चाडपर्वको मुखैमा शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीको तलब, समाजिक सुरक्षा भत्ता, उपभोक्ता समिति, निर्माण व्यवसायी र आपुर्तिकर्तालाई लामो बिदा हुने चाडपर्वको मुखैमा भुक्तानी प्रभावित भएको छ ।

तीन जना वडा अध्यक्ष र एक जना कार्यपालिका सदस्यले मंगलबार दिउँसो कार्यालयका सूचना अधिकारीको बोर्ड च्यात्ने, प्रमुख प्रशासकीय अधिकृतको नेमप्लेट फाल्ने र अन्य कर्मचारीहरुलाई अभद्र ब्यवहार गरेपछि बसेको कर्मचारीहरुको आकस्मिक बैठकले सेवा प्रवाह गर्न नसकिने ठहर गर्दै कार्यस्थलको वातावरण नबन्दा सम्म पेन डाउन गर्ने निर्णय गरेको थियो ।

Shreekrishna hardwear in news
khali

जलजला गाउँपालिका–४ का वडा अध्यक्ष भरतबहादुर क्षेत्री, २ नम्बर वडाका अध्यक्ष प्रकाशबहादुर जिसी, ३ का अध्यक्ष एकिन्द्र खत्री र कार्यपालिका सदस्य भिमसेन बहादुर विश्वकर्माले अभद्र र अमर्यादित ब्यवहार गरेको विषयमा कर्मचारीहरुले गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउदै काम गर्ने वतावरण बनाईदिन आग्रह गरेका छन् ।

कार्यालयमा सहज रुपमा काम गर्ने वातावरण तयार नहुँदा सम्म गाउँपालिकाबाट हुने सम्पुर्ण सेवा प्रवाह गर्न नसकिने प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले मंंगलबार साँझ जारी गरेको सूचनामा उल्लेख छ ।

अभद्र ब्यवहारको आरोप लागेका जनप्रतिनिधीहरु नेकपा एमालेबाट निर्वाचित हुन् । कार्यपालिकाका सदस्य भिमसेन बराइलीले “सामान्य मिस अण्डरस्ट्याडीङ हो, घटनालाई अतिरञ्जिन गरिएको छ, केही कर्मचारीको दादागिरीले गाउँपालिकानै बदनाम भइरहेको छ, काम गर भन्दा जनप्रतिनिधीसँग लड्न आउने कर्मचारी कुनै हालतमा स्वीकार्य हुदैन् । केही कर्मचारीको दादागिरीले गाउँपालिका बद्नाम र बन्दक हुने भयो” भन्ने प्रतिक्रिया दिनुभएको छ ।

जलजलाका अध्यक्ष राजप्रसाद आचार्य नेपाली काँग्रेस, उपाध्यक्ष दिपक आचार्य माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ । पाँच जना वडा अध्यक्ष सहित बहुमत कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरु नेकपा एमालेबाट निर्वाचित छन् । जलजला गाउँपालिकामा दोस्रो कार्यकालका जनप्रतिनिधी निर्वाचित भएयता पटक पटक राजनीतिक बिवाद हुने गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...