म्याग्दीमा कोरोनाबाट एक वृद्धको ज्यान गयो

khali

बेनी । कोरोना (भाइरस)को संक्रमणबाट म्याग्दीमा थप एक जना बृद्धको ज्यान गएको छ ।

शनिबार पोखरा लैजाने क्रममा बाटैमा निधन भएका रघुगंगा गाउँपालिका–१ ठेगाना भई पर्वतको पारीबेनी बस्न ८४ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

शास फेर्न गाहे भएपछि बेनी अस्पतालमा आएका वृद्धलाई स्वाबको नमुना लिएर थप उपचारका लागि पोखरा रिफर गरिएको थियो ।

Shreekrishna hardwear in news
khali

पर्वतको चुवामा पुग्दा निधन भएका ती वृद्धलाई बेनीमा ल्याएर कोरोना संक्रमितको मापदण्ड अनुसार शव ब्यवस्थापन गरेको रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताउनुभयो ।

मृतकका आफन्त, नजिक सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा राखिएको छ । यसैबीच मृतह बाहेक म्याग्दीमा एक जना बैंकका कर्मचारी सहित थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका बैंकमा काम गर्ने वर्ष २३ का एक जना पुरुष, बेनीका वर्ष ५६ का पुरुष, वर्ष ३८ र ५२ का एक÷एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १३३ जना पुगेको छ । मृतकको संख्या चार जना पुगेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...