पर्यटन दिवसका अवसरमा अभियन्ता र पत्रकार सम्मानित

khali

बेनी । ४५ औ विश्व पर्यटन विकासको अवसरमा शुक्रबार म्याग्दीको पर्यटन क्षेत्रमा योगदान पु¥याउने अभियन्ता र दुई जना पत्रकारलाई सम्मान गरिएको छ ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा पर्यटन अभियन्ता तथा व्यावसायी तेजबहादुर गुरुङ र पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै पत्रकार घनश्याम खड्का र सन्तोष गौतमलाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य विमला गौचन, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले उहाँहरूलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।

Shreekrishna hardwear in news

अन्नपूर्ण गाउँपालिका –४ नारच्याङका गुरुङ समुद्री सतहदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी र प्रवर्धनमा विगत एक दशक अघिदेखि निरन्तर रुपमा क्रियाशील हुनुहुन्छ ।

मौरिस हर्जोग पदमार्गको पहिचान, पूर्वाधार निर्माण र यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पु¥याएकाले उहाँलाई सम्मान गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख शर्माले बताउनुभयो । साथै जिल्लाको पर्यटन क्षेत्रलाई पत्रकारिताको माध्यमबाट प्रचारप्रसारमा टेवा पु¥याउनुहुने सञ्चारकर्मीलाई पनि सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

khali

बेनीबाट सञ्चालन हुने धौलागिरी खबर डटकम र रिखार दैनिकका प्रकाशक गौतम राष्ट्रिय समाचार समिति (रासस) र अन्नपूर्ण पोष्ट् दैनिकमा पनि आवद्ध हुनुहन्छ । पुनहिल डटकमका प्रकाशक खड्का कान्तिपुर मिडिया ग्रुपमा आवद्ध हुनुहन्छ ।

सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले जिल्लामा भएका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र समन्वयमा भौतिक पूर्वाधार निर्माण गरेमा पर्यटक भित्र्याउन सकिने बताउनुभयोे । सङ्घीयतापछि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले पर्यटन क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेर पूर्वाधार निर्माण र प्रवर्धनमूलक कार्यक्रमहरु अघि सारेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य र धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले जिल्लाको पर्यटन क्षेत्रको सम्भावना,चुनौती र समस्याका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कर्मचारी सन्तोष ढुङ्गानाले गर्नुभएको थियो । कार्यालय प्रमुख शर्माले म्याग्दीमा सञ्चालित पर्यटन सम्बद्ध योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...