कोरला नाकामा सञ्चार सुविधा पुग्यो

Gandaki Ghumau

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा सञ्चार सुविधा विस्तार भएको छ ।

समुन्द्रि सतहदेखि चार हजार छ सय असी मिटर उचाईमा रहेको कोरला नाकामा सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मंगलबार पहिलो पटक मोवाइल फोन सेवा सञ्चालन गरेको हो ।

नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख बरिष्ठ ईञ्जिनियर सन्तोष बरालले कोरला नाकामा दोस्रो र चौथो पुस्ताको इन्टरनेट तथा मोवाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“विद्युतको पोलमा उपकरण राखेर तत्काललाई सोलारबाट टावर सञ्चालन हुने ब्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “छिट्टै केन्द्रिय लाइनको विद्युत पनि जडान गर्ने तयारी गरेका छौ ।” बराल सहितको प्राविधिक टोलीले कोरला नाकामा बिटिएसको टावरको परिक्षण गरेर फर्किएको हो ।

सञ्चार सुविधा विस्तार गर्न लोमान्थाङ गाउँपालिकाले टहरा बनाएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले सञ्चार सुविधा भएपछि स्थानीयबासी, ब्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी र कोरला नाका घुम्न जाने पर्यटकहरुलाई सहज भएको बताउनुभयो ।

Gunasthariya Shiksya

एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत वैशाखमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको थियो । नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण भएको भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।

हाल चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ–लिची सम्म व्यापार, व्यवसायका लागि नियमित आवत जावत गर्दै आएका छन् ।

मुस्ताङका सबै स्थानीय तहका बासिन्दालाई कोरला नाकाको बजारमा पुहँच दिन चीन सरकारले सहमति दिएपछि प्रस्थान अनुमतिपत्र वितरण थालिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।

वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाहरूलाई पनि प्रस्थान अनुमतिपत्रको आधारमा कोरला नाकाबाट चीन आवत जावत गर्न पाउने दिने तयारी भएको छ ।

हालसम्म दुई हजार पाँच सय जनालाई प्रस्थान अनुमतिपत्र वितरण गरेको प्रजिअ पन्तले बताउनुभयो । कोरला नाकालाई व्यवसायिक रुपमा सञ्चालन गर्नका लागि नेपाल सरकारले अध्यागमन कार्यालय स्थापना गर्ने तयारी गरेको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...