राहुघाटले बुक्लमा मोटरेबल पुल बनायो

Gandaki Pardesh notice

बुक्ल । रघुगंगा गाउँपालिका–४ र ५ को सिमाना बुक्ल स्थित राहुघाट नदी माथि मोटर गुड्ने पुल निर्माण भएको छ ।

ट्रस प्रबिधिको ४० मिटर लामो यो पुलले ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँधलाई सिधा सडक सञ्जालमा जोडेको छ । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट ५ र ६ नम्बर वडामा पर्ने झिँ र पाखापानीका बस्ति पनि सडक सञ्जालमा जोडिएको छ ।

राहुघाट जलबिद्युत आयोजनाका उपप्रबन्धक कृष्ण बस्नेतले दुई वर्षअघि सुरु भएको मोटरेबल पुल निर्माणको काम सोमबार सकिएको जानकारी दिनुभयो । पुल निर्माणसँगै आयोजनाको बाँध निर्माण स्थलसम्म सवारी साधन पुग्न थालेका छन् ।

Shreekrishna hardwear in news

राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ३.५ मिटर चौडाई भएको पुल बनाएको हो । जेपीका इञ्जिनियर जितेन्द्र सिंहले राहुघाट नदीको दायाँ र बायाँ पक्कि पर्खाल उठाएर ट्रस जोडेर स्थायी प्रकृतिको पुल बनाउन दुई करोड पचास लाख खर्च भएको बताउनुभयो । पुलको भारबहन क्षमत्ता ४० टन छ ।

नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइइ«ो लिमिटेड प्रर्बद्धक रहेको राहुघाटको रघुगंगा ३ तिल्केनी स्थित बिद्युतगृह देखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमटिर पहुँचमार्ग निर्माण भइसकेको छ । सडक निर्माण भएपनि पुल नभएका कारण बाधसम्म यातायातको पहुँच पुग्न सकेको थिएन् ।

Bhautik ministry notice about road

झिँका मिनबहादुर रोकाले राहुघाटमा मोटरेबल पुल बनेसँगै झिँ र पाखापानीका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवत जावतका लागि बेनी हुदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्ने बताउनुभयो । राहुघाट जलबिद्युत आयोजनाको सामाजिक उत्तरदायीत्व अन्तरगत झिँ देखि बुक्ल जोड्ने सात किलोमिटर सडकको ट्याक खोलिएको छ ।

बर्खामा पहिरोले बिगारेको सडक मर्मत गरेर सवारी साधन सञ्चालन गरिने रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । झिँ–मौवाफाँट यातायात सञ्चालन भएपछि दुई घण्टाको यात्राअवधि एक घण्टामा छोटिनेछ । गाउँपालिकाले पाखापानीको औला हुदै राहुघाटको बाँध जोड्ने सडक पनि निर्माण गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

राहुघाट जलबिद्युत आयोजनाको तीन वटा अडिट (सुरुङसम्म पुग्ने पहुँचमार्ग) लकडाउन र बाढी पहिरोको असहज अवस्थामै सकिएको छ । रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले महामारी, प्राकृतिक बिपद् र चाडपर्वको समयमा पनि आयोजनाको काम नरोकिएको बताउनुभयो । “सुरक्षा सतर्कता, निर्माण सामग्री र उपकरणको ब्यवस्थापनका साथै सरोकारवालाहरुसँग समन्वय गरेर असहज अवस्थामा पनि आयोजना निर्माण रोकेनौ,” उहाँले भन्नुभयो “तीन वटा अडिट सकेर मुख्य सुरुङ खन्ने काम सुरु भएको छ ।”

बाँधबाट सुरुङ खन्न अडिटको पोर्टल तयार भएको छ । सिभिल तर्फ १८ र इलेक्ट्रोमेकानिकल तर्फ दश प्रतिशत भौतिक प्रगति भएको प्रबन्ध सञ्चालक केसीले बताउनुभयो । पिप्ले, अधेरीखोला र तिल्लेकीको अडिटबाट ५०० मिटर मुख्य सुरुङ खनिएको छ । पिप्लेमा ५८ मिटर गहिरो सर्च साफ्ट खन्नुपर्नेमा ३५ मिटर गहिरो खनिसकिएको छ ।
बर्खामा बुक्लमा खस्ने पहिरो पन्छाएर मर्मत गर्दै बाँधतर्फ ढुवानी र आवत जावतलाई निरन्तरता दिएको थियो । सिभिल ठेकेदारका ५०० जना जना मजदुर र कर्मचारीले राहुघाटमा काम गरिरहेका छन् ।
२०७४ मंसिर ५ गते छ अर्ब रुपैयामा सम्झौता गरेको सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यो आयोजनाको सुरुङ, पहुँचमार्ग, विद्युतगृह र बाँध निर्माण स्थल रघुगंगा गाउँपालिका हो । भारतीय एक्जिम बैङ्कको ४४ मिलियन डलर सहुलीयत ब्याजदरको ऋणमा राहुघाट निर्माण हुन लागेको हो ।


४५ महिनाको ठेक्का अवधि भएको आयोजनाको ३० महिना पुरा भएको छ । आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि प्रारम्भिक चरणको काम गरिरहेको छ ।
कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट बनाउन लागिएको हो । २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रो लिमिटेड विद्युत प्राधिकरणको सहायक कम्पनी हो । गत फागुनमा पिप्लेमा आवास र प्रशासनिक प्रयोजनका लागि १० वटा भवन निर्माण सकिएको थियो ।
अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।


२०७२ मा पुरानो ठेक्का तोडेपछि रोकीएको राहुघाटको सुरुङ खन्ने काम चार वर्षपछि २०७६ असार ७ गतेबाट सुरु भएको थियो । राहुघाट जलबिद्युत आयोजनामा उत्पादन हुने बिद्युत नजिकै निर्माण हुन लागेको राहुघाट सब स्टेशनबाट केन्द्रीय लाइनमा जोड्ने योजना छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...