थाक खेलकुद प्रतियोगिताको उपाधी लेते र टुकुचेलाई

Gandaki Kotihome

मार्फा ः ५१ औ थाक खेलकुद प्रतियोगिताको उपाधी निर्मल स्पोटिङ लेते र निलगिरि युवा क्लव टुकुचेले जितेका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा सोमबार सम्पन्न भलिबल खेलको फाइनलमा पुरुषतर्फ लेते र महिलातर्फ टुकुचे बिजयी भएका हुन् ।

पुरुषतर्फ अन्नपूर्ण युवा क्लव ताक्लुङलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै लेतेले उपाधी चुमेको आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

महिलातर्फ राष्ट्रिय टिमकी प्रतिभा माली, सलिना श्रेष्ठ लगायतका खेलाडीलाई मैदानमा उतारेको निलगिरिले आयोजक थाक खेलकुद तथा सांस्कृतिक संस्थालाई सोझो तीन सेटमा पराजित गरेको थियो । लिग सिस्टम र वेष्ट अफ फाइचमा खेलाइएको प्रतियोगिताको पुरुषतर्फ छ र महिला तर्फ तीन टिमले सहभागिता जनाएका थिए ।

आर्चरी प्रतियोगितामा धौलागिरी युवा क्लव कोवाङ प्रथम र निर्मल स्पोटिङ लेते दोस्रो भएका छन् । पुरुष भलिबलमा बिजेता र उपबिजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद रु. एक लाख ५० हजार र रु. एक लाख पुरस्कार प्रदान गरिएसको छ ।

महिला भलिबलको बिजेता र उपबिजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित रु. एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । आर्चरीमा बिजेतालाई रु. ५० हजार र उपबिजेतालाई रु. २५ हजार प्रदान गरिएको छ ।

बिजयी खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले पुरस्कार वितरण गर्नुभएको थियो । ५० वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरक फरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहाँसिक र सांस्कृतिक महत्व छ । सो अवसरमा कृषि मेला प्रर्दशनीका साथै लोक नृत्य र थकाली गीत प्रतियोगिता पनि भएको थियो । प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...