बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचनलाई सम्मान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

मार्फा, ः बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचन शनिबार सम्मानित हुनुभएको छ । ५१ औ संस्कारको मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक–कार्यक्रम २०८१ को मार्फामा भएको उद्घाटन समारोहमा शेरचनलाई सम्मान गरिएको हो ।

थासाङ गाउँपालिका–२ नाउरीकोटमा जन्मिएका शेरचनले बेनी–जोमसोम सडक अवरुद्ध हुँदा आम यात्रुहरुलाई सहज रुपमा आवत जावत गर्ने ब्यवस्था मिलाउन अहोरात्र खटेर मानवीय एवं सामाजिक सेवामा योगदान पु¥याएकाले सम्मान गरिएको मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सो कार्यक्रममा शेरचन सहित संस्थाका पूर्व अध्यक्ष तथा प्रतिनिधीसभाका पुर्वसदस्य प्रेमप्रसाद तुलाचन, संस्थाका पूर्व सचिव राजु लालचन, आर्चरीका अन्तराष्ट्रिय खेलाडी योगेन्द्र शेरचनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Shreekrishna

कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री एवम् संविधानसभा सदस्य रोमी गौचन थकाली, प्रतिनिधीसभा सदस्य योगेश गौचन, संस्थाका अध्यक्ष शेरचन, सचिव बिष्णु थकाली लगायतले सम्मानपत्र वितरण र ढोसल्ला ओढाउनुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...