म्याग्दी कपको उपाधी मनसुन युवा क्लवलाई

Gandaki Ghumau

बेनी, । बेनीमा सम्पन्न प्रथम म्याग्दी कप फुटबल प्रतियोगितामा बेनी नगरपालिका–६ को मनसुन युवा क्लव चुत्रेनी बिजयी भएको छ ।

बेनीको खुल्ला मञ्चमा शुक्रबार भएको फाइनलमा कालीपुल युनाइटेड क्लवलाई शून्यका विरुद्ध एक गोल गर्दै मनसुनले उपाधी जितेको हो । प्रतियोगितामा बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ७० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

Gunasthariya Shiksya

बिजेता र उपबिजेतालाई प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र आयोजक जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाले पुरस्कार वितरण गर्नुभएको थियो ।

Shreekrishna

प्रतियोगिता अवधीभर ८ गोल गरेका कालीपुल युनाइटेडका पुरन छन्त्याल सर्वाधिक गोलकर्ता, र उत्कृष्ट स्ट्राइकर, कालीपुलका सुमन पुन राइजिङ प्लेयर, मनसुनका सिजन किसान उत्कृष्ट गोलकिपर, कालीपुलका अनिस गौचन उत्कृष्ट कोच, मनसुनका आसिस केसी उत्कृष्ट डिफेण्डर, मनसुनका सम्रात लिम्बु उत्कृष्ट मिडफिल्डर, कालीपुलका रोशन छन्त्याल उत्कृष्ट खेलाडीको उपाधी पाउनुभयो । जनप्रिय भूतपूर्व क्लव अनुशाषित टिम घोषणा भयो ।

अनशासित टिमलाई रु. सात हजार, उत्कृष्ट खेलाडीलाई रु. दुई हजार पाँच सय, उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर, कोच, सर्वाधिक गोलकर्ता र राइजिङ प्लेयरलाई रु. एक हजार पाँच सयका दरले पुरस्कृत गरिएको थियो । असोज ३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १२ वटा समूहले सहभागिता जनाएका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...