कुमारी सहकारी र अमित बिल्डर्स उत्कृष्ट करदाता

Gandaki Pardesh notice


बेनी, । आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७६÷७७ मा सबै भन्दा बढी राजस्व तिर्ने धवलागिरीका चार वटा करदातालाई आइतबार सम्मान गरेको छ ।

नवौ राष्ट्रिय कर दिवसको अवसरमा बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्था, मुस्ताङको अमित बिल्डर्सलाई सम्मान गरेको हो । यसैगरी बागलुङको ग्रिन डेभलपमेन्ट बैंक र पर्वतको नेष्डो सम्बृद्ध नेपाल लघुबित्त संस्थालाई पनि जिल्लाबाट धेरै राजस्व दाखिला गरेकोमा सम्मान गरिएको थियो ।

Bhautik ministry notice about road

प्रमुख कर अधिकृत हेमराज शर्मा र बागलुङका प्रजिअ सुरेश न्यौपानेले कुमारी सहकारीका उपाध्यक्ष राजकुमार थापा र अमित बिल्डर्सका इञ्जिनियर नबिन पुनलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

Shreekrishna hardwear in news

कुमारी सहकारीले आब ०७१÷०७२ र ०७३÷०७४ मा समेत जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा सम्मान पाएको छ । अमित विल्डर्सले पनि यसअघिका बर्षमा सम्मानित भएको थियो । सबै भन्दा बढी आयकर दाखिला गर्ने प्रत्येक जिल्लाका करदातालाई कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट करदाताको सम्मान गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...