अन्नपूर्णमा ‘होम डेलीभरी’ शून्य

Gandaki Kotihome

पोखरेबगर ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको संख्या शून्यमा झरेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको संख्या शून्य बनाइएको हो ।

जोखिमयुक्त प्रसुतिका कारण हुने जोखिम न्युनीकरण गरि बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले बताउनुभयो । “अन्नपूर्णका सबै गर्भवतिहरुले पछिल्लो एक वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा लिएका छन्,” उहाँले भन्नुभयो “होम डेलभिरी शून्य पालिकालाई कायम राख्नका लागि सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिएका छौ ।”

अन्नपूर्ण गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा शत प्रतिशत ९१ जनाले सुरक्षित प्रसुति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख बरुवालले बताउनुभयो । आव २०७९÷०८० मा सुत्केरी भएका १३९ जनामध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिदाँ एक जना घरमै सुत्केरी भएका र चार जनाले मृत बच्चा जन्माएका थिए । आव २०७८÷७९ मा अन्नपूर्ण गाउँपालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए ।

Shreekrishna

घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।

Annapurna aarohan ko notice

“गर्भवती र सुत्केरीलाई अण्डा, भाले, घ्यू, सर्वोत्तम पिठो र न्यानो कपडा वितरण गर्न गत आर्थिक वर्षमा आमासँग जनप्रतिनिधि कार्यक्रमका लागि रु. सात लाख बजेट विनियोजन भएको थियो,” उहाँले भन्नुभयो “यस वर्ष उक्त कार्यक्रमलाई रु. चार लाख सहित स्वास्थ्य सम्बन्धी कार्यक्रममा रु. ९१ लाख बिनियोजन भएको छ ।”

तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक÷एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले र आधा लिटर घ्यू दिने गरेका छन् । सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।

उपहार दिन थालिएपछि गर्भ परीक्षण गराउने र संस्थागत प्रसुति सेवा लिने दर शत प्रतिशत भएको हो । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको घार स्वास्थ्य चौकीका प्रमुख बिमला केसीले बताउनुभयो ।

“गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ,” उहाँले भन्नुभयो “गर्भवती र सुत्केरीलाई उपहार दिइने अण्डा, घ्यू, सर्वोत्तम पिठो र भाले स्थानीय उत्पादन प्रयोग गरिएको छ ।”

आठ वडा रहेको अन्नपूर्णको दोवा, दाना र नारच्याङबाहेक भुरुङ–तातोपानी, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र छन् । वडा नम्बर ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालन भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...