लुलीया, हल्लेखर्क र घोप्टेखर्कको पहिरोले पोखरेबगर–घोडेपानी सडकमा जोखिम र सास्ती

Shreekrishna hardware

पोखरेबगर, अन्नपूर्ण गाउँपालिका–६ को लुलीया, हल्लेखर्क र वडा नम्बर ५ को घोप्टेखर्कको पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम र सास्ती भएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, खिवाङ, फलाते, चित्रे हुुदै पर्यटकीय स्थल घोडेपानी जोड्ने २१ किलोमिटर दुरिको पोखरेबगर–घोडेपानी सडकमा लुलीया, हल्लेखर्क र घोप्टेखर्कको पहिरो चुनौति बनेको छ ।

लुलीया र हल्लेखर्कमा साघुरिएको र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर जिप, ट्याक्टर र मोटरसाइकल आवत जावत गरेपनि घोप्टेखर्कको पहिरोले घोडेपानी दुई महिनादेखि यातायात सम्पर्क बिच्छेद भएको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

Shreekrishna

“गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकहरुलाई सडकले समस्या बनाएको छ,” उहाँले भन्नुभयो “पर्यटकीय याम शुरु हुन लागेपनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्न लगायत सामग्री ढुवानी गर्न पाएका छैनौ ।”

घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकल बाहेक जिप, बस, ट्रक, ट्याक्टर वारपार गर्न सकेका छैनन् । लुुलीया मा करिब ५० मिटर र हल्लेखर्कमा १०० मिटर दुरिमा पहिरोसँगै सडक बगेको छ । लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन नसकेको अन्नपूूर्ण–६ बिरौटाका कृषक शिव खड्काले बताउनुभयो ।

Ban devision notice

बिरौटाको फार्मबाट पोखरेबगर जाने क्रममा शनिबार खड्का चढेको मोटरसाइकल लुलीयाको पहिरोमा पल्टिएर करिब एक सय लिटर दुध दहि पोखिएको थियो । “साघुरो, घुम्ति र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर मोटरसाइकल र जिप उकाल्नुुपर्छ,” उहाँले भन्नुभयो “याँ ठाउँमा ज्यानको माया मारेर सवारी साधन चलाउनुपर्छ । यस ठाउँको सडकको समस्यालाई दिर्घकालिन रुपमा समाधानका लागि बेवास्ता भएको छ ।”

१८ किलोमिटर पाँच सय ४० मिटर दुरीको पोखरेबगर–चित्रे सडक मार्ग खुलेको १५ वर्षपछि गत बर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्की मार्फत करिब रु. ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो । अन्नपूूर्ण गाउँपालिकाको वडा नम्बर ५ र ६ का बासिन्दाका साथै घोडेपानी जाने आउने पर्यटकहरुले यो सडक प्रयोग गर्छन् ।

वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सो भन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, गुराँसे जंगल, वन्यजन्तु, पंक्षी, मगर संस्कृति लगायत आकर्षण रहेको छ ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले पहिरोले क्षति पु¥याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने बैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष तिलिजा पुन लगायतको टोलीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री देवेन्द्र दाहाललाई भेटेर पोखरेबगर–चित्रे सडकको दिर्घकालिन समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...