म्याग्दीका ‘बाइकर्स’हरु पर्यटकीय स्थलको प्रर्वद्धनमा

Gandaki Ghumau

बेनी, म्याग्दीका ‘बाइकर्स’हरु (मोटरसाइकल चालक)हरु जिल्लाका पर्यटकीय स्थलहरुको प्रर्वद्धनमा जुुटेका छन् ।

सडकको पहुँच पुुगेका पर्यटकीय स्थलको सामुहिक भ्रमण, सूचनामुलक बोर्ड राख्ने, भिडियो र तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर प्रचारप्रसारमा योगदान गरेका छन् । बेनी देखि अन्नपूूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुदै पर्यटकीय स्थल घोडेपानीमा शुक्रबार २४ जना मोटरसाइकल चालकहरु पुगेका छन् ।

सिजी मोटर्स–हिरो र बेनीको आधिकारिक बिक्रेता चाँदनी अटो टे«डको आयोजनामा एक्स पल्स ब्राण्डको मोटरसाइकल प्रयोगकर्ताहरु बेनी देखि पोखरेबगर, घार, खिवाङ, शिख, फलाते, चित्रे हुदै घोडेपानी पुगेका हुन् । उनिहरुले शनिबार बिहान समुन्द्रि सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलमा हाइकिङ गरेर भुरुंग तातोपानी हुदै फर्किएका छन् ।

Shreekrishna
Gunasthariya Shiksya

“पर्यटकीय स्थलहरुमा सडक पुुगेसँगै मोटरसाईकल चढेर पनि यात्रा गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गराउन बेनी–घोडेपानी मोटरसाइकल यात्रा र घोडेपानी–पुनहिल हाइकिङ आयोजना गरिएको हो,” चाँदनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले बताउनुभयो “मोटरसाइकलमा घुुम्न चाहने युवा युवतिहरुका लागि घोडेपानीलाई नयाँ गन्तब्यका रुपमा विकास गर्न सकिने सम्भावना छ ।”

हिरो कम्पनीका बजार ब्यवस्थापक अनुप श्रेष्ठले मोटरसाइकलको साथै पर्यटकीय स्थलको भिडियो, तस्विर बनाएर सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरिने बताउनुभयो । “मोटरसाइकल यात्राले बेनी देखि घोडेपानी पुनहिल सम्मको यात्राका क्रममा देखिने पर्यटकीय गन्तब्यहरुको डिजिटल मार्केटिङमा सघाउ पुुग्नेछ,” उहाँले भन्नुभयो “पहाडी भूगोल, ग्रामिण बस्ती, हिमाल, वनजंगलमा रमाउदै यात्रा गर्दा रमाइलो भयो ।”

म्याग्दी बाइकर्स क्लवका सदस्य प्रवेश पौडेलले यसअघि जिल्लाका विभिन्न स्थानमा पुगेर होडिङ बोर्ड राखिएको बताउनुभयो । खोप्रा (खोपारा), लभ्लिहिल, बेलढुङ्गा, नारच्याङ्ग झरना लगायतका ठाउँको जानकारी दिने सूचना मुलक बोर्ड राखिएको बताउनुभयो । शनिबार र छुट्टिका दिनमा उनिहरु पर्यटकीय गन्तब्यको सामुहिक यात्रामा निस्कने गर्दछन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...