उद्योग वाणिज्य संघको क्षमता तथा नेतृत्व विकास तालिम

Add Samajik bikash office

तातोपानी, । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिका पदाधीकारी तथा कार्य समिति सदस्यहरुका लागि शनिबार बेनी नगरपालिका–४ सिंगा तातोपानीमा क्षमता तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको तालिमको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीको समग्र हितका लागि निजी क्षेत्रले अघि सारेका मुद्दामा साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

म्याग्दीको पर्यटन र जलविद्युत क्षेत्रको विकासका लागि प्राथमिकता दिनुपर्ने बताउदै उहाँले नीतिगत ब्यवस्थाका लागि भूमिका खेल्ने बताउनुभयो । युवाहरुलाई अवसर र आशा देखाएर स्वदेशमै काम गरेर आत्मनिर्भर तथा स्वरोजगार बन्ने वातावरण बनाउन आवश्यक रहेको भण्डारीको भनाई थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गण्डकीमा नेपाली काँग्रेस र एमालेका खिचातानीले सरकार र संसद बन्धक भएको बताउदै नागरिकको समस्या र आवाज मुखरित गर्न नपाएको गुनासो गर्नुभयो । तालिमको नेपाल जेसीजका पुर्व अध्यक्ष महेशराज दाहालले सहजिकरण गर्नुभएको थियो । उहाँले व्यस्त मानिसले समयको व्यवस्थापन गर्न सक्ने तर अस्तव्यस्तले समय व्यवस्थापन गर्न नसक्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविधा श्रेष्ठले तिन वर्षे कार्ययोजना अनुसार पदाधीकारी र सदस्यहरुको क्षमता विकास सम्बन्धी कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले संघले यसअघि गलेश्वरमा स्व–मूल्याङ्कन तालिमको आयोजना, कालीपुलमा पर्यटक सूचना केन्द्र र कोसेली घर सञ्चालन तथा महिला उद्यमीहरुका लागि सिपमूलक तालिम आयोजना गरिसकिएको बताउनुभयो ।

महासचिव नारायण जिसीले सञ्चालन र प्रथम उपाध्यक्ष लिलाराम गौतमले समापन गर्नुभएको कार्यक्रममा संघका पुर्व अध्यक्ष बेलबहादुर कटुवालले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रशिक्षक दाहालले व्यक्तित्व, नेतृत्व र निजी क्षेत्रले गर्न सक्ने कामलगायत विषयहरुमा सहजीकरण गर्नुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति, वस्तुगत संघ र जिल्लाको पालिकाहरुमा रहेका संघका बजार इकाइबाट पदाधिकारी तथा सदस्यहरुले सहभागिता जनाएका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...