बेनीमा पनि छठ पर्व मनाइयो

Gandaki Pardesh notice

बेनी । तराई र भारतबाट विभिन्न पेशा ब्यवसायका लागि म्याग्दीमा आएकाहरुले बेनीमा छठ पर्व मनाएका छन् ।

विगतका वर्षमा पुर्वी तराइमा बसोबास गर्ने नेपालीहरुले बिशेष महत्वका साथ मनाउने छठ जन्मथलो जाने गरेका उनिहरु यसपाली कोरोना भाइरसको जोखिमका कारण आफु भएकै ठाउँमा छठ मनाएका हुन् ।

कोरोना (भाइरस)को महामारीका कारण घर जान आउन जोखिम भएपछि बेनीमै छठ पर्व मनाउन लागेको बिरगञ्जबाट आएका बिजय शाहले बताउनुभयो । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक बेनीमा छठ पर्व मनाएका हुन् ।

Shreekrishna hardwear in news

बेनीमा ब्यवसाय गर्दै आउनुभएका भारतको बिहारका सुकन शाहले म्याग्दीमा पहिलो पटक छठ मनाइएको बताउनुभयो । म्याग्दीलाई २०७५ माघमा नेपालको २१ औ हिमाली जिल्लामा सुचिकृत गरिएको थियो । बेनी नगरपालिका–८ कालीपुल स्थित कालीगण्डकी नदी किनारमा छठी देवीको पुजाआजा र नदीमा गएर अर्घ दिएका छन् ।

Bhautik ministry notice about road

सूर्यदेवको उपासना गरेर हरेक वर्षको कार्तिक शुक्ल चतुर्थी देखि सुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ । शुक्रबार साँझ कालीगण्डकी नदी किनारमा पुजाआजा र अर्घ दिएकी सिमादेवी शाहले शनिबार बिहान उदाउदो सुर्यलाई अर्घ दिएपछि छठ सकिने बताउनुभयो ।

पिंकीदेवी शाहले तीन दिनसम्म पानी पनी नखाई ब्रत बसेर छठ पर्व मनाएको बताउनुभयो । छठको कठोर ब्रर्त बस्नाले चिताएको पुरा हुने विश्वास छ । नुहाइ धुवाई शुद्ध बस्त्र लगाएर ब्रत बस्ने चलन छ । नाङ्लो, कनसुप्ती, ढकना, सरबा लगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका उनिहरुले सूर्यलाई अर्घ चढाएका थिए ।

ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलबासीहरुलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए ।

छठको पुजा गरेको देखेर अनौठो मानेका थिए । आफ्नै जन्मथलोमा जसरी बिधिपुर्वक छठ मनाइरहेको सञ्जय शाहले बताउनुभयो । म्याग्दीका विभिन्न ठाउँमा करिब एक सय जना तराइबासी ब्यवसायीहरु छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...