रुइसेको सुन्दरताले पर्यटक लोभ्यायो

Add Samajik bikash office

बेनी, रुखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङखला । पाखाको चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्राका बथान । घाम, पानी र वादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको शितलता ।

समुन्द्रि सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाईमा रहेको म्याग्दीको रघुगंगा गाउँपालिका –२ स्थित रुइसेमा पुग्दा कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्याभासको जस्तो आभास हुन्छ । रुइसेको सौन्दर्यले समय बितेको पत्तै नहुने बेनीबाट त्यहाँ घुमेर आएका व्यवसायी कृष्णराज पौडेलले बताउनुभयो ।

“गर्मी छल्न, बजारको कोलाहल, व्यवहारिक र ब्यवसायिक तनाबाट मुक्त हुनका लागि रुइसे उपयुक्त ठाउँ रहेछ,” हालै दुई दिन रुइसेमा बिताएका उहाँले भन्नुभयो “रुइसेको प्राकृतिक सुन्दरता शब्दमा बयान गरिसाध्य छैन् ।”

Shreekrishna hardwear in news

रुइसेको प्रचारप्रसार, पूर्वाधार र खाने बस्ने सुविधा भएसँगै रुइसेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । रुइसे एक दशकअघिसम्म भगवतिका किसानहरुले गाईभैसी र भेडाबाख्राको गोठ लैजाने थलोका रुपमा मात्र सिमित थियो ।

पछिल्लो समय भगवति, पिप्ले, गलेश्वर, बेनी, बागलुङ, कुश्मा, पोखराबाट पर्यटकहरु घुम्न आउन थालेका रुइसेकी होटल ब्यवसायी कमला शाहीले बताउनुभयो । “दश वर्षअघिसम्म गोठ राख्ने खर्कमा सिमित रुइसे अहिले पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ,” उहाँले भन्नुभयो “ब्यवसायी, कर्मचारी, शिक्षक र जागिरेहरु बिदा मनाउन आउने रुइसेमा अन्य समयमा पनि पर्यटक आउँछन् ।”

Bhautik ministry notice about road

धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल र सुर्योदयको दृष्य अवलोकन गर्न पाउनु रुइसेको प्रमुख आकर्षण हो । ऋतु अनुसार रुइसेको पाखामा फुल्ने फुल, वनजंगल, ग्रामिण बस्ति, पशुगोठ, जिवनशैली र पहाडी भूगोलको दृष्य अवलोकन गर्न पाइने रुइसे बस्ती देखि टाढा भएकाले कोलाहलबाट मुक्त छ ।

म्याग्दीको सदरमुकाम बेनी देखि गलेश्वर–पिप्ले–भगवति हुदै करिब एक घण्टा ३० मिनेट सवारी साधनको यात्रा गरेपछि रुइसे पुग्न सकिन्छ । कच्चि सडक पुगेको रुइसेमा रघुगंगा गाउँपालिकाले भ्यु टावर, पदमार्ग, वनभोज स्थल र डिभिजन वन कार्यालयले गुराँसको बगैचा स्थापना गरेको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

रुइसेमा बास बस्ने पर्यटकहरु एक घण्टा उकालो हिडेर भेडिओडार सम्म पुग्न सक्छन् । हिउँदमा भेडिओडारमा आउने भेडाबाख्राका गोठले परम्परागत जीवनशैलीको झल्को दिन्छ । चरन क्षेत्रका भेडाबाख्राको दृष्य लोभलाग्दो हुन्छ ।

भगवतिको ऐतिहाँसिक कोतघर र मल्लकालिन रुइसे दरबारका भग्नाअवशेसहरु पनि अवलोकन गर्न सकिन्छ । रुइसेको रेष्टुरेष्टमा च्याउ, टुसा, निउरो, दौडेको अचार, लोकल कुखुरा र खसीबोकाको मासु, कोदोको दिडो लगायत परिकारको स्वाद लिन पाइन्छ ।

म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्ग धौलागिरि आइसफल पदमार्गको प्रवेशबिन्दुमा पर्ने रुइसे–भेडिओडार क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नतिका लागि पहल गरेको हालै त्यस क्षेत्रको भ्रमण गर्नुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । प्रदेश सरकारले पिप्ले देखि भगवति जोड्ने पाँच किलोमिटर सडक कालोपत्र गरिसकेको उहाँले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...