अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा सन्दिप खत्री

Gandaki Ghumau

बेनी, । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको बुधबार बेनीमा सम्पन्न १८ औ जिल्ला सम्मेलनबाट सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि गठन भएको छ ।

कमिटिको उपाध्यक्षमा सुस्मिता बानियाँ र धनकुमार रोका, सचिवमा कृष्ण सापकोटा, सहसचिव सुप्रेणा किसान र कोषाध्यक्षमा शिव गौतम चयन हुनुभएको छ । सम्मेलनको उद्घाटन गर्नुहुदै अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष पवन कार्कीले पाठ्यक्रमलाई समाजवाद र राष्ट्रियतासँग जोड्नुपर्ने बताउनुभयो ।

Shreekrishna

“विदेशी बहुराष्ट्रिय कम्पनीका लागि सस्तोमा काम गर्ने जनशक्ति उत्पादन गर्ने जस्तो भएको अहिलेको शिक्षा प्रणालीलाई परिवर्तन गरेर स्वदेशमै आत्मनिर्भर, स्वरोजगार र देशको सेवा गर्ने स्वाभीमानी जनशक्ति उत्पादनमा केन्द्रित गर्न आवश्यक छ,” उहाँले भन्नुभयो “गुणस्तरीय र ब्यवहारिक शिक्षामा समान पहुँच र रोजगारीको सुनिश्चितता अहिलेको शैक्षिक मुद्दा हो ।”

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले माओवादीले गरेको दश वर्षे जनयुद्धका कारण अहिलेको पुस्ताले स्वतन्त्रताको उपभोग गर्न पाएको बताउदै माओवादी आन्दोलनले समाजमा विभेद न्युनीकरण, समावेशीकरण, संघीयता, समानुपातिक प्रतिनित्व सहितको गणतान्त्रिक व्यवस्था ल्याएको बताउनुभयो ।

Gunasthariya Shiksya

माओवादी केन्द्रिका गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य, सांसद तथा पुर्व मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले सपना देख्न तर महत्वाकांक्षी नबन र विदेशलाई मात्र विकल्प नदेख्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

“१२ कक्षा पास गर्ने वित्तिकै विदेश जाने भन्दा पनि देशभित्रै रोजगारी र अवसरको खोजी गर्नुपर्छ,” उहाँले भन्नुभयो “विदेशमा कमाउन गएकाले दुख, पिडा र समस्याको पाटो पनि बुझ्नुपर्छ ।” नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक सेरबहादुर केसीले राजतन्त्रको अन्त्य गरि गणतन्त्र ल्याएको माओवादीले थालेको सामाजिक न्याय र भ्रष्ट्राचार बिरोधी अभियानबाट तर्सिएका एमाले–काग्रेस मिलेर सरकारबाट हटाएपनि शुसासनको मुद्दाबाट पछि नहट्ने बताउनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख समेत रहेकी अनेमसंघ क्रान्तिकारी म्याग्दीका अध्यक्ष ज्योती लामिछानेले संविधानमा निशूल्क व्यवस्था गरिएपनि शिक्षाका नाममा अझै पनि अप्रत्यक्ष रुपमा शूल्क लिएर अभिभावक र विद्यार्थीलाई आर्थिक भार पार्ने काम बन्द गराउने अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

अनेरास्ववीयू क्रान्तिकारीका जिल्ला संयोजक सन्दिप खत्रीको अध्यक्षता र भाइरथ पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा कृष्ण सापकोटाले स्वागत गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष खत्रीले संगठन र सदस्यता विस्तारसँगै विद्यार्थीहरुका समस्या पहिचान र समाधानका लागि सक्रीय हुने प्रतिवद्धता जनाउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...