मालिका कागज उद्योग पुनःसञ्चालन

Gandaki Kotihome

दरवाङ, । म्याग्दीको मालिका कागज उद्योग पाँच महिनापछि पुनःसञ्चालन भएको छ ।

मालिका गाउँपालिका–३ अदिभारामा करिब पाँच वर्ष सञ्चालन भएको उद्योगलाई सोही पालिकाको वडा नं. ५ थापाचौरमा स्थानान्तरण गरेर पुन सञ्चालन गरिएको हो ।

अदिभारामा बाढी तथा कटानको जोखिम, विद्युत् आपूर्तिमा अनियमितता र बजार देखि टाढा भएकाले थापाचौरमा स्थानान्तरण गरेको उद्योगका सञ्चालक मोतिराज गौतमले बताउनुभयो । ‘गत शनिबारदेखि उद्योगले पुनः व्यावसायिक उत्पादन सुरू गरेको छ,’ उहाँले भन्नुभयो ‘यहाँ उत्पादित कागजलाई बजारको समस्या छैन, कच्चापदार्थ र कामदारको समस्याले नियमित सञ्चालनमा चुनौति छ ।’

Upper Myagdi transmition line notice

कागजको बजारमा अत्यधिक माग हुँदा पनि मागअनुसारको उत्पादन गर्न नसकिरहेको बताउँदै अब नियमित उत्पादन र मागअनुसार पूर्ति गर्ने योजना रहेको सञ्चालक गौतमले जानकारी दिनुभयो । उद्योगमा विभिन्न आकारका कागजको माग हुने गरेकामा सरकारी तथा गैरसकारी कार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धूप निर्माण गर्नेछ–सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागजसहित विभिन्न प्रयोजनका लागि बिक्री हुने गरेको छ ।

Annapurna aarohan ko notice

उद्योगमा चुनौती धेरै रहेको अवस्थामा कच्चापदार्थ लोक्ता अभाव, विद्युतको अनियमितता, उपकरण फ्रेम मर्मत सम्भार, विद्युतबाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ) पकाउँदा हिटरको रड बढी जल्नेजस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको उद्योगका सञ्चालक गौतमको भनाइ छ ।

स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ लोक्ताको सङ्कलन गर्न सरल नीति बनाएमा म्याग्दीका अन्य स्थानमा पनि कागज उद्योग सञ्चालन गर्न सकिने जनाइएको छ ।

म्याग्दीको माथिल्लो पहाडी भेगमा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बिरुवा (लोक्ता)का बोट छन् । लोक्ता (पुवा) पाइने स्थानमा पनि निकाल्ने कामदारको अभावले वनजंगलमै खेर गएको छ । २०७५ सालमा स्थापना भएको उद्योगले बेनी, बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायत सहरमा बिक्री गर्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरिको लमसुङ, रघुगङ्गाको पाखापानीमा रहेका नेपाली कागज उद्योग अहिले बन्द अवस्थामा छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...