कहिले कार्यान्वयन हुन्छ युद्ध संग्रहालय बनाउने बेनी नगरको योजना ?

Gandaki Pardesh notice

बेनी । १४ वर्षअघि आजकै दिन बिस्तृत शान्ति सम्झौता भएर रोकिएको “जनयुद्ध”को सम्झना गराउने युद्ध संग्रहालय बनाउने बेनी नगरपालिकाको योजना कार्यान्वयन हुन सकेको छैन् ।

२०६० चैत ७ गते बेनीमा तत्कालीन बिद्रोही माओवादी र सरकारपक्षबीच दोहोरो भिडन्तको साक्षी बनेको बिद्युतको खम्बा लगायतका सामग्री संकलन गरेर संग्रहालय बनाउने नगरको योजना दुई वर्षसम्म घोषणामै सिमित बनेको हो ।

२०७५ माघमा बेनी नगरकार्यपालिकाको बैठकले बेनी नगरपालिका–२ खबराको लभ्लीहिलमा युद्ध संग्रहालय बनाउने निर्णय गरेको थियो । नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ र २०७७÷२०७८ को नीति तथा कार्यक्रममा युद्ध संग्रहालय बनाउने योजना समावेश छ । तर बजेटको ब्यवस्थापन नभएकाले कार्यान्वयन हुन नसकेको बेनी–२ का वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news

‘पिपलडाडा सामुदायिक वनको छेउमा ५ रोपनी जग्गा ब्यवस्थापन गर्ने समुदायसँग सहमति पनि भएको हो,’ उहाले भन्नुभयो ‘बजेटनै नभएपछि कार्यान्वयन हुन सकेन् ।’ लभ्लीहिलको नामले चिनिएको खबरा स्थित मायालुडाडा र बेनी बजारको पर्यटन बिकाससँगै बेनी आक्रमणका साक्षी बनेका सामग्रीहरु संरक्षण गर्ने उद्देश्यले सग्रहालय बनाउने योजना अघि सारिएको थियो ।

बेनी आक्रमणमा परेर छिया–छिया भएको पोल, बंकर लगायतका क्षतिग्रस्त सामग्रीहरु संग्रहालयमा संकलन र संरक्षण गर्ने योजना भएपनि कार्यान्वयनमा चासो देखाएका छैनन् । बेनी नगर कार्यपालिकाका प्रबत्ता रामकृष्ण बराइली भने वनले जग्गा उपलब्ध गराउन अवरोध गरेकाले ठाउँ नपाएर संग्रहालय बनाउन नसकिएको बताउनुहुन्छ ।

बेनीको मंगलाघाट स्थित कर्मचारी आवास क्षेत्रमा रहेको बिजुलीको खम्बा २०६७ सम्म त्यही थियो । प्वाइन्ट् टू–टू, एसएलआर, एसएमजी, एम–१६, थ्री नट थ्री लगायतका हतियारको सँयौ गोली लागेर प्यालै प्वाल भएको यो खम्बा हाल काठमाडौ स्थित मदन पुरस्कार पुस्तकालय परिसरमा राखिएको छ ।

Bhautik ministry notice about road

संस्थाका अध्यक्ष कनकमणी दिक्षितले विद्युत् प्राधिकरणसित लेखापढी गरी शोधभर्ना खम्बा उपलब्ध गराएर ललितपुरको पाटनढोकामा लगेको बताएका छन् । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले पोल, बंकर लगायत क्षतिग्रस्त सम्पत्तिलाई संरक्षण गर्न संग्रहालय बनाउने योजना बनाइएको बताउनुभयो ।

‘पोल र बेनी आक्रमणका साक्षी बनेका अन्य सामग्री संकलन र संरक्षण गर्न संग्रहालय बनाउन लभ्लिहिल परिसरमा जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ,’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो ‘कोरोनाले ओझेलमा पारेको यो योजना कार्यान्वयन गर्न पहल गर्छाै ।’

संग्रहालय विद्यार्थी, पूर्व लडाकू–सिपाही, उनका परिवारजन, आम नागरिक, पर्यटक सबै गएर नेपालले बिताएको एकदशकको द्वन्द्वकालको स्मरण गर्ने ठाउँ बन्ने उनको भनाई छ । बेनीको यस खम्बाबाहेक मुलुकभरिबाटै द्वन्द्वकालका सामग्री संकलन गरीवरी आकर्षक र शिक्षाप्रद हिसाबले प्रदर्शन गर्नुपर्ने धौलागिरी पर्यटन परिषद्का सचिव घनश्याम खड्काले बताउनुभयो ।

ललितपुरको मदन पुरस्कार पुस्तकालयमा राखिएको बेनी आक्रमणको साक्षी बनेको बिद्युतको पोल । तस्बिर गुगल

म्याग्दी स्थित जेसीज, लायन्स कल्व, राजनितिक दल र विभिन्न संघ संस्थाले काठमाडौमा लगिएको पोल फिर्ता ल्याउन दवाव दिदै आएका छन् । दश वर्षसम्म चलेको जनयुद्धमा म्याग्दीका करिब एक सय जनाले ज्यान गुमाएका थिए भने अरबौको भौतिक संरचनाको क्षति भएको थियो ।

क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण र मृतकका आफन्तलाई राहत बितरण भएपनि बेपत्ताको छानबिन, दन्द्धपिडितको परिपुरण र जिविकोपार्जन सुधारमा तीनै तहका सरकार उदाशिन भएका दन्द्ध पिडित अधिकार समाज म्याग्दीका भिमबहादुर रिजालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...