धवलागिरी माविको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः खड्का

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको धवलागिरी माविको ब्यवस्थापन समितिको अध्यक्षमा पुन ः अणबहादुर खड्का (भगवान) चयन हुनुभएको छ ।

अभिभावक भेलाबाट चयन भएका प्रतिनिधीहरुको बैठकले मंगलबार वडा अध्यक्ष र अघिल्लो कार्यकालका अध्यक्ष समेत रहेका खड्कालाई पुनः अध्यक्षमा चयन गरेको हो ।

Gunasthariya Shiksya

समितिको सदस्यहरुमा बबी शाही, टिकाकुमारी गुरुङ, सुनिता कार्की, मनबहादुर किसान, चन्द्रकुमारी भट्टचन, भिमबहादुर गुरुङ, राजाराम पौडेल, सुनिता सुवेदी आचार्य चयन हुनुभएको विद्यालयका सूचना अधिकारी गोपाल केसीले बताउनुभयो।

Shreekrishna

पदेन सदस्य सचिवको रुपमा प्रअ भुवनप्रसाद रेग्मी रहनुभएको छ । मनबहादुर भण्डारीको अध्यक्षतामा शिक्षक अभिभावक संघको ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...