बेनी जोमसोम सडकको सिरुवारीमा बसमा ढुङ्गा खसेर च्यापियो, दुई जना घाइते

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा मंगलबार दिउँसो पहिरोबाट खसेको ढुङ्गाले बस च्यापिदा २ जना यात्रु घाइते भएका छन् ।

पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस गुडिरहेको अवस्थामा कुना तर्फबाट ठूलो ढुङ्गा खसेर च्यापिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घाइते बेनी नगरपालिका–४ सिंगाकी २१ वर्षीया पुजा खड्का र गुल्मीको इस्मा गाउँपालिका–२ की ३१ वर्षीया मिना नेपालीलाई उद्धार गरेर उपचारका लागि बेनी अस्पताल ल्याउदै गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

मिनाको टाउको र ढाडमा चोट लागेको छ । पुजाको अवस्था सामान्य छ । पहिरोमा बस खड्कीएपछि बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । सिरुवारीको करिब १५० मिटर दुरीको सडकमा १ किलोमिटर माथिबाट पहिरो खसिरहने गर्छ ।

Shreekrishna

सिरुवारीको पहिरोले यातायात सञ्चालनमा अवरोध सिर्जना गर्नुका साथै दुर्घटनाको जोखिम बढेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक विभागको डोजर परिचालन गरेर पहिरोमा फसेको गाडी तान्ने र सडक खुलाउने काम भैरहेको जनाएको छ । बेनीबाट जोमसोमतर्फ र जोमसोम देखि बेनी आउदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...