बेनीमा नागानागिनी नाच

Gandaki Kotihome

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा सोमबार मौलिक नागानागिनी नाच प्रस्तुुत भएको छ ।

बर्खे नाच अन्तरगतको नागानागिनी बेनीका नेवार समुुदायको मौलिक संस्कृति हो । नेपाल भाषा मंका खःल र ल्याम पुुचको अगुुवाईमा जनैपूर्णिमा तथा गाईजात्रा पर्वको अवसरमा नागानागिनी नाचसगै सापारु प्रर्दशन गरिएको हो ।

नयाँ पुस्तामा नागानागिनी नाचको सिप र कला हस्तान्तरण गर्ने उद्देश्यले तीन पुुस्ताका कलाकारको नाच प्रर्दशन गरिएको नेपाल भाषा मंका खल म्याग्दीका कार्यवाहक अध्यक्ष कुविर श्रेष्ठले बताउनुभयो ।

Upper Myagdi transmition line notice

नागानागिनी नाच लोप हुुन नदिन पाका, युवा र बालक उमेरका तीन जोडी कलाकारलाई नचाइएको थियो । नागानागिनी नाचमा दुुई जना कलाकार आवश्यक पर्छ । दुुवै जना पुुरुष मध्य एक जनाले महिलाको कपडा पहिरिएर अभिनय गर्छन् ।

अनुुहारमा मुुकुुन्दो लगाउने पुुरुष कलाकारले घोति लगाएका हुुन्छ । जनैपूर्णिमाका दिन दिवंगत नेवार समुुदायको घर अगाडी सापारु सँगै नागानागिनी नाच प्रर्दशन गर्ने चलन छ । नेवार भाषाको गित गाएर नाच प्रस्तुत गरिन्छ ।

Annapurna aarohan ko notice

बेनीका संस्कृतिकर्मी प्रकाशकुमार श्रेष्ठका अनुसार नागानागिनी नाचले पारिवारिक विश्वासको सन्देश प्रवाह गर्छ । “नागा र नागिनीले एक अर्कालाई माया प्रेममा परिक्षण गर्न खोजेको अभिनय गर्छन,” उहाँले भन्नुुभयो “श्रीमान श्रीमतिबिच विश्वास भयो भने परिवार सफल हुन्छ भन्ने सन्देश नागानागिनी नाचले प्रवाह गरेको हुुन्छ ।”

नाचको क्रममा नागालाई अरु नागिनीहरुले एक अर्कालाई परिक्षण गर्न आकर्षित गर्न खोज्ने र नागिनी पनि अरु पुुरुषसँग नजिकिएको अभियन गर्छन् । नाचको अन्तिम समयमा नागिनीलाई लुकाइन्छ । दुवै जनाले पारिवारिक अविश्वास सिर्जना भएको महशुस गर्छन र सम्बन्धलाई सुधार गरेर विश्वास कायम गर्दै नाचको अन्त्य हुने श्रेष्ठले बताउनुुभयो ।

नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म बेनी बजारमा विभिन्न नाचहरू देखाउने प्रचलन छ । एक महिनासम्म देखाइने बर्खे नाचमा परापूर्व कालमा समाजमा दुख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खे नाचमा देखाउने गरिन्छ ।

बर्खेनाच अन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिन्छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ ।

घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृतिहरू लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन् । बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खेनाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...