वारीबेनीमा मास्क नलगाउनेलाई जरिवाना

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा मास्क नलगाउनेलाई जरिवाना तिराउन थालिएको छ ।

कोरोना (भाइरस)को महामारी फैलिएको र जोखिम बढेपनि समुदायमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा बेवास्ता हुन थालेपछि जरिवाना तिराउन थालिएको हो । जिल्ला प्रशासन, प्रहरी कार्यालयले गाउँपालिकासँग समन्वय गरेर शुक्रबार वारीबेनी बजारमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनका बिषयमा अनुगमन गरेका थिए ।

Bhautik ministry notice about road

अनुगमनका क्रममा मास्क नलगाएको अवस्थामा हिडडुल गरेका २० जनालाई संक्रामक रोग नियन्त्रण ऐन अन्तरगत जनही एक सय रुपैयाँका दरले जरिवाना तिराइएको गाउँपालिकाकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अनुगमन गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

अनुगमनका क्रममा सचेतनामुलक जिंगल बनाएर बजाइएको थियो । नागरिकको लापरबाही र स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नभएकाले वारीबेनी पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । जलजलामा हालसम्म भेटिएका ५३ जना कोरोना संक्रमित मध्य अधिकांश पर्वत बेनीका छन् ।

जलजलामा हाल १९ जना सक्रिय संक्रमित छन् । उनिहरु अधिकांश वारीबेनीका हुन् । संक्रमितहरु होम आइसोलेशनमा बसेका छन् । कोरोनाको हटस्पटनै बन्ने खतरा बढेपछि गाउँपालिकाले जनचेतनामुलक अभियानका साथै लापरबाही गर्नेलाई प्रशासनले जरिवाना गर्न थालेको हो । मास्क लगाउन, भिडभाड नगर्न, अनावश्यक रुपमा घरबाहिर ननिस्कन, जनस्वास्थ्यका मापदण्ड पालनामा संवेदनशिल बन्न गाउँपालिकाले आग्रह गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...